संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । भोजपुरको हतुवागढी गाउँपालिका-९ मचुवाटारबाट अरुण नदीमा बेपत्ता भएका दुई बालिकामध्ये एक जनाको शव फेला परेको छ ।

बुधबार दिउँसो नुहाउने क्रममा नदीमा बेपत्ता भएका सोही स्थानका १३ वर्षीया खुसी राई र १२ वर्षीया कृषिका राई बेपत्ता भएका थिए ।

Advertisement

दुई जनामध्ये खुसी राईको शव भेटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी इन्स्पेक्टर अमर राईले संगालोखबरलाई जानकारी दिए ।

सुनसरीको बराहक्षेत्र नगरपालिका-७ बोराबाँध भन्ने स्थानमा कोशी नदीको बीच भागमा उनको शव फेला परेको उनको भनाइ छ । उक्त स्थानमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोली खटिएको र आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

एक जना बालिकाको अवस्था भने अझै अज्ञात छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । कक्षा ८ मा पढ्दै गरेका उनीहरू नुहाउने क्रममा अरुण नदीमा बेपत्ता भएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!