धनकुटाको अनौठो पौराणिक घर, संरक्षण अभावमा जीर्ण बन्दै
धनकुटा । धनकुटा नगरपालिका-२ स्थित सल्लेरी सामुदायिक बनभित्र एक अनौठो घर छ । जंगलमा ओडार र गुफा देख्नेहरूलाई पनि यसले अच्चम्मित तुल्याउँछ ।
कारण, भीरको ढुंगा मुनि गौँथलीको गुँडजस्तै देखिने घरमा मानव शरीरका हड्डीहरू छन् । उक्त घरमा कुनै समय पञ्चकन्या आएर बसेको किम्वदन्ती छ ।
रातको समयमा टुकी बालेर बस्दा दुस्मनले साँगुरीगढी आसपासबाट बाण हानेर उनीहरूलाई मारेको किम्वदन्ती रहेको स्थानीय रणबहादुर बस्...





























