रसुवामा आएको भीषण बाढीका कारण ३८४ पर्यटक सम्पर्कविहीन

रसुवामा आएको भीषण बाढीका कारण ३८४ पर्यटक सम्पर्कविहीन

विराटनगर । रसुवामा आएको भीषण बाढीका कारण ३ सय ८४ आन्तरिक तथा वाह्य पर्यटक सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डले ट्राभल एजेन्सीहरूबाट प्राप्त तथ्याङ्कलाई उद्धृत गर्दै जनाए अनुसार ३ सय ८४ पर्यटक सम्पर्कविहीन भएका हुन् । बोर्डका अनुसार सम्पर्कविहीनमध्ये २ सय ९१ विदेशी र ९३ नेपाली पर्यटक छन् ।
रसुवाको भीषण बाढीमा परेका ७ जनाको शव फेला

रसुवाको भीषण बाढीमा परेका ७ जनाको शव फेला

विराटनगर । रसुवाको भीषण बाढीमा परेका सात जनाको शव फेला परेको छ । बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार नुवाकोटमा तीन र धादिङमा चार जनाको शव फेला परेको हो । आज बिहान ९ बजेतिर रसुवाको टिमुरे क्षेत्रमा बाढी आएको थियो । तिब्बत क्षेत्रबाट भोटेकोशी हुँदै आएको बाढी नुवाकोट, धादिङ, चितवन लगायत ठाउँका नदीसम्म पुगेको छ । अहिले उक्त बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र ...
बाढीले रसुवा भन्सारबाट पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन

बाढीले रसुवा भन्सारबाट पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन

विराटनगर । रसुवामा आएको भीषण बाढीले रसुवागढी भन्सारमा ठूलो क्षति पुर्याएको छ । बाढीले भन्सार जाँचपासका लागि राखिएका करिब पाँच सय नयाँ गाडीहरू बगाएको प्रारम्भिक अनुमान गरिएको हो । भन्सार विभागका अनुसार बाढीका कारण भन्सार क्षेत्रमा केही पनि बाँकी छैन । भन्सार क्षेत्रमा ठूलो परिमाणमा चीनबाट आयात गरिएका नयाँ सवारी साधन पार्किङ गरी राखिएका थिए । यस्तै भन्सार कार्यालयका करिब दुई दर्जन कर्मचारीहरू अझ...
रसुवा बाढीमा फसेका १२ जनाको सेनाद्वारा उद्धार, १२ हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन

रसुवा बाढीमा फसेका १२ जनाको सेनाद्वारा उद्धार, १२ हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन

विराटनगर । रसुवा बाढीमा फसेका १२ जनालाई नेपाली सेनाले उद्धार गरेको छ । नेपाली सेनाका अनुसार रसुवाका विभिन्न ठाउँहरूबाट हेलिकप्टरमार्फत १२ जनाको उद्धार गरिएको हो । अहिले नेपाली सेनाका ४ र निजी कम्पनीका ८ गरी १२ हेलिकप्टर बाढी प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । यसका साथै नेपाली सेनाको मेडिकल टिमद्वारा त्रिशुलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा सुरु गरिएको छ । बाढीमा फसेकाहरू...
रसुवा बाढी : कति मान्छे बेपत्ता भए यकिन छैन

रसुवा बाढी : कति मान्छे बेपत्ता भए यकिन छैन

विराटनगर । भोटेकोशीमा आएको बाढीले रसुवा ठूलो क्षति पुर्याएको छ । आज बिहान तिब्बततर्फबाट आएको भीषण बाढीले रसुवामा ठूलो क्षति पुर्याएको हो । रसुवाको गोसाइकुण्ड गाउँपालिका कार्यपालिका सदस्य पेमा दोर्जे घलेका अनुसार बाढीले टिमुरे गाउँ बगाएको छ । बाढीमा परेर कति मान्छे बेपत्ता भए भन्ने यकिन नभएको उनको भनाइ छ । उनका अनुसार टिमुरेमा करिब एक सय घर थिए । त्यहाँ कति मान्छे जोगिए भन्न सक्ने अवस्था नरहेको...
रसुवा बाढी अपडेट : बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

रसुवा बाढी अपडेट : बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

रसुवा । रसुवामा ड्युटीमा गएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी निरीक्षकको कमान्डको ड्युटीमा खटिएको टोली सम्पर्कविहीन भएको हो । बीओपी टिमुरे सुरक्षित भएपनि ड्युटीमा खटिएको टोली सम्पर्कविहीन भएको सशस्त्रले जनाएको छ । चीनको तिब्बत क्षेत्रबाट आएको बाढीले टिमुरे क्षेत्रमा ठूलो क्षति पुर्याएको छ ।
भोटेकोशीमा आएको भीषण बाढीले रसुवा बजार र भन्सार बगायो, ठूलो क्षतिको आशंका 

भोटेकोशीमा आएको भीषण बाढीले रसुवा बजार र भन्सार बगायो, ठूलो क्षतिको आशंका 

विराटनगर । आज बिहान भोटेकोशीमा आएको भीषण बाढीले रसुवामा ठूलो क्षति पुर्याएको छ । लेन्दे खोला (भोटेकोशी) मा आएको बाढीले रसुवा नाकामा ठूलो क्षति पुगेको अनुमान गरिएको छ । प्रशासनका अनुसार दुईवटा बजार तहसनहस भएका छन् । रसुवा भन्सार क्षेत्रमा रहेका गाडीहरू र अन्य सामग्रीहरू पनि बाढीले बगाएको छ । गत वर्षको बाढीले बगाएर भर्खरै निर्माण सम्पन्न भएको नयाँ पुल पनि बाढीले बगाएको छ । रसुवामा ठूलो बाढी आएपछ...
तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा पुरुष पक्राउ

तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा पुरुष पक्राउ

विराटनगर । तेह्रथुमको छथर गाउँपालिका-२ मा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ४४ वर्षीय लिलमबहादुर लिम्बु छन् । महिला आफ्नै घरमा सुतिरहेको अवस्थामा लिम्बुले जबरजस्ती करणी गरेको सूचना मंगलबार प्रहरी समक्ष पुगेको थियो । सूचना प्राप्त भएपछि खटिएको प्रहरी टोली सोही दिन लिम्बुलाई नियन्त्रणमा लिएको हो । पीडित महिलाले सोही दिन इलाका ...
विराटनगरको ब्रह्माकुमारीमा भएको रक्तदानबाट ९६ पिन्ट रगत सङ्कलन

विराटनगरको ब्रह्माकुमारीमा भएको रक्तदानबाट ९६ पिन्ट रगत सङ्कलन

विराटनगर । विराटनगरको तीनटोलीयास्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा भएको रक्तदानबाट ९६ पिन्ट रगत सङ्कलन भएको छ । राजयोगिनी दादी प्रकाशमणिको १९ औं पुण्यतिथिको अवसर पारेर मङ्गलबार रक्तदान कार्यक्रम गरिएको हो । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलसँग समन्वय गरेर ब्रम्हकुमारीज विराटनगरको समाज सेवा विभागले रक्तदान कार्यक्रम गरेको हो । ब्रह्मकुमारी...
ब्रह्माकुमारीका सदस्यले न्युरो अस्पतालमा उपचार गराउँदा छुट पाउने

ब्रह्माकुमारीका सदस्यले न्युरो अस्पतालमा उपचार गराउँदा छुट पाउने

विराटनगर । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगरका सदस्यहरूले न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलमा उपचार गराउँदा छुट पाउने भएका छन् । विराटनगरस्थित न्युरो अस्पताल र सेवा केन्द्रबीच आज उपचार सहुलियत सम्झौता भएको हो । विराटनगरको तीनटोलीयास्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा आयोजित कार्यक्रममा दुई पक्षवीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र...
मोरङको जहदाबाट गाँजासहित सफारी चालक पक्राउ

मोरङको जहदाबाट गाँजासहित सफारी चालक पक्राउ

विराटनगर । मोरङको जहदा गाउँपालिका–१ मधुमल्लाबाट गाँजासहित सिटी सफारी चालक पक्राउ परेका छन् । दाउरा लोड भएकाे प्र १–०२–००४ ह ४१३४ नम्बरको सिटी सफारीलाई शंका लागेर चेकजाँच गर्दा गाँजा बरामद भएको हो । सिटी सफारीको सिट र डिकीमुनि लुकाइछिपाइ ल्याइएको अवस्थामा करिब २६ किलो गाँजा फेला पारिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले गाँजा र सिटी सफारीसँगै चालक जहदा गाउँपालिका–१ बीरपुरका १९...
मोरङबाट भारततर्फ तस्करी गर्न लागिएका सुँगुरका पाठा बरामद

मोरङबाट भारततर्फ तस्करी गर्न लागिएका सुँगुरका पाठा बरामद

विराटनगर । मोरङको दक्षिणी सीमावर्ती क्षेत्रबाट सुँगुरका पाठा भारततर्फ अवैध रूपमा तस्करी हुने गरेको पाइएको छ । धनपालथान गाउँपालिका-३ चेका खोलाबाट भारततर्फ तस्करी गर्न लागिएका ५१ वटा सुँगुरका पाठा प्रहरीले बरामद गरेपछि नयाँ रहस्य खुलेको हो । आज बिहान करिब ११ बजेतिर भारततर्फ लैजाँदै गरिएको अवस्थामा प्रहरीले सुँगुरका पाठा बरामद गरेको छ । प्रहरीका अनुसार ६ वटा साइकलमा प्लास्टिकका बोरामा राखेर भारततर...
विराटनगरका ७ आँखा अस्पतालमा लगाइएको ताला दुई हप्तापछि खोलियो

विराटनगरका ७ आँखा अस्पतालमा लगाइएको ताला दुई हप्तापछि खोलियो

विराटनगर । विराटनगरका सात आँखा अस्पतालमा लगाइएको ताला दुई सातापछि खोलिएको छ । प्रशासनले साउन २७ र २८ गते गरेको अनुगमनका क्रममा मापदण्ड विपरित सञ्चालन गरेको पाइएको भन्दै सिलबन्दी गरेका सातवटै अस्पतालको ताला आज खोलिएको हो । अस्पतालमा सिलबन्दी गरिएपछि व्यवसायीहरू प्रशासनले अनावश्यक दुःख दिएको भन्दै तत्कालै ताला खोलिनु पर्ने आवाज उठाउँदै आएका थिए । प्रशासनले विराटनगर-१४ को विराट आँखा अस्पताल, विरा...
कोशी प्रदेश सरकारले गर्दियो १२ सय पत्रकारको दुर्घटना बीमा

कोशी प्रदेश सरकारले गर्दियो १२ सय पत्रकारको दुर्घटना बीमा

विराटनगर । कोशी प्रदेश सरकारले १२ सय पत्रकारको दुर्घटना बीमा गर्दिएको छ । पत्रकार महासंघ कोशी प्रदेशसँगको समन्वयमा प्रदेशभरका १ हजार २ सय २७ पत्रकारको बीमा गरिएको हो । पत्रकार महासंघ कोशी प्रदेश समितिले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बीमा कार्यक्रमको औपचारिक शुभारम्भ गरे । सो क्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सञ्चार क्षेत्रको विकासका ल...
मोरङको सुनवर्षीमा सर्पले डस्दा १० वर्षीया बालिकाको मृत्यु

मोरङको सुनवर्षीमा सर्पले डस्दा १० वर्षीया बालिकाको मृत्यु

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-८ हर्चनगढीमा विषालु सर्पले टोकेर एक जना बालिकाको मृत्यु भएको छ । आज बिहान जाग्रुदिन मियाँकी छोरी १० वर्षीया रेहाना खातुनको सर्पको टोकाइबाट मृत्यु भएको हो । घरमा सुतिरहेका बेला बिहानको राति करिब २ः३० बजेतिर रेहानालाई सर्पले टोकेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । दाहिने हातमा सर्पले डसेर अवस्था गम्भीर बनेपछि उपचारका लागि अभिभावकले रंगेली अस्पताल पुर्य...
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीको पक्षमा ५७ मत परेको हो ।  कोशी प्रदेश सभाका ९२ सदस्यमध्ये आजको बैठकमा ८३ सांसद उपस्थित थिए । जसमध्ये मुख्यमन्त्री कार्कीको पक्षमा ५७ र विपक्षमा २२ जनाले मतदान गरे ।  यस्तै ४ जना सांसदले दुवै पक्षमा मतदान गरेनन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिएको यो तेस्रो ...
अंग्रेजी हिज्जे प्रतियोगितामा ४७ विद्यालयलाई हराउँदै एभरेष्ट प्रथम

अंग्रेजी हिज्जे प्रतियोगितामा ४७ विद्यालयलाई हराउँदै एभरेष्ट प्रथम

विराटनगर । विराटनगरस्थित एभरेष्ट स्कुलले प्याब्सन जिल्ला स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि जितेको छ । प्याब्सन मोरङद्वारा विराटनगरमा आयोजित फाइनल प्रतिस्पर्धामा ४७ विद्यालयलाई पछि पार्दै एभरेष्टले लगातार दोस्रो पटक उपाधि जितेको हो । गतवर्ष पनि सोही प्रतियोगिताको विजेता बनेको एभरेष्टले यस पटक उपाधिसहित नगद १५ हजार रुपैयाँ र आकर्षक ट्रफी प्राप्त गरेको छ । प्रतियोगितामा विराटनगरकै दिल्ली ...
विराटनगरमा सडक पेटीमा छाडिएका बाख्रा नगरप्रहरीको नियन्त्रणमा

विराटनगरमा सडक पेटीमा छाडिएका बाख्रा नगरप्रहरीको नियन्त्रणमा

विराटनगर । विराटनगर महानगरपालिकाका विभिन्न स्थानमा खुल्ला रूपमा छाडिएका पशुचौपायाका कारण दुर्घटनाको जोखिम उच्च छ । खुल्ला छाडिएका पशुचौपायकै कारण प्रायः जसो दुर्घटना भइरहेको छन् । सोही कुरालाई मध्यनजर गर्दै महानगर प्रहरीले छाडा रूपमा छोडिएर पशुचौपायालाई नियन्त्रणमा लिँदै आएको छ । महानगर प्रहरीले आज मलाया रोडबाट सडक पेटीमा छाडिएका १७ वटा बाख्रा नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका बाख्रा वी...
न्युरो अस्पतालले गाईघाटमा वृहत मिनी म्याराथन र निःशुल्क स्वास्थ्य शिविर गर्दै

न्युरो अस्पतालले गाईघाटमा वृहत मिनी म्याराथन र निःशुल्क स्वास्थ्य शिविर गर्दै

विराटनगर । पूर्वी नेपालको अग्रणी स्वास्थ्य संस्था न्युरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटलले उदयपुरको गाईघाटमा वृहत मिनी म्याराथन र निःशुल्क बहु-विशेषज्ञ स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । न्युरोले आफ्नो स्थापनाको २६ औं वर्ष प्रवेशको अवसरमा भदौ १३ गते शनिबार गाईघाटमा स्वास्थ्य सचेतना तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो । विराटनगरस्थित अस्पताल प्राङ्गणमा आयोजित वार्षिकोत...
टिपरमा राखेर गाँजा तस्करी, चालक मगर प्रहरीको नियन्त्रणमा

टिपरमा राखेर गाँजा तस्करी, चालक मगर प्रहरीको नियन्त्रणमा

उदयपुर  । उदयपुरको कटहरी नगरपालिका-४ स्थित मरुवा खोलाबाट प्रहरीले टिपरबाट गाँजा बरामद गरेको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा ना ७ ख ८१७३ नम्बरको ट्रकबाट गाँजा बरामद गरेको हो । प्रहरीका अनुसार टिपरभित्र नौ वटा बोरामा राखिएको अवस्थामा १९९.३२ किलो गाँजा बरामद भएको छ । टिपर र गाँजासहित चालक सोम मगरलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ । गाँजा कहाँबाट ल्याएको र...
उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा दुई महिलाको मृत्यु

उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा दुई महिलाको मृत्यु

उदयपुर । उदयपुरको बेलका नगरपालिका-५ स्थित जहडामा स्कुल बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।  दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को प्र ०५-००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको को १ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बस आज बिहान करिब ९ः४५ बजे एक आपसमा ठोक्किएका हुन् । दुर्घटनामा परेर अटोमा सवार पाँचै जना घाइते भएका थिए ।...
लेटाङबाट उद्धार गरिएको अजिङ्गर बेतना सिमसारको सुरक्षित स्थानमा राखिने

लेटाङबाट उद्धार गरिएको अजिङ्गर बेतना सिमसारको सुरक्षित स्थानमा राखिने

विराटनगर । मोरङको लेटाङ नगरपालिका-२ स्थित झुर्पल टोलबाट पँहेलो जातको अजिङ्गरको उद्धार गरिएको छ । सब डिभिजन वन कार्यलयका सर्प उद्धारकर्ता दीपक भुजेल र रुद्र श्रेष्ठको टोलीले अजिङ्गरको उद्धार गरेको हो । आइतबार बिहान घाँस काट्ने क्रममा स्थानीयले अजिङ्गर देखेका थिए । स्थानीयले जानकारी गराए पश्चात वडाध्यक्ष तेज प्रसाद तिम्सिनाले उद्धारकर्तालाई खबर गरेका थिए । उद्धार गरिएको अन्दाजी १५/१६ केजीको उक्त...
कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै

कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् । कार्कीले आज दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच भएको तीन बुँदे सहमति अनुसार गएको सोमबार नयाँ मन्त्रीहरूको शपथ ग्रहण भएको थियो । त्यसअगाडि नेपाली काँग्रेसले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको थियो । काँग्रेसले मुख्यमन...
विराटनगरको मालपोत कार्यालय अगाडि नवजात शिशु फेला 

विराटनगरको मालपोत कार्यालय अगाडि नवजात शिशु फेला 

विराटनगर । विराटनगर महानगरपालिका-७ स्थित मालपोत कार्यालय अगाडि आज नवजात शिशु फेला परेको छ । प्रहरीका अनुसार २/३ दिनको जस्तो देखिने नवजात शिशु छोरा फेला परेको हो । शिशु फेला परेपछि प्रहरीले उद्धार गरेर कोशी अस्पतालमा पुर्याएको थियो । आमाको पहिचान भएपछि शिशुलाई आमा विराटनगर-१३ की २८ वर्षीया गितादेवी महत्तोको जिम्मा लगाइएको मोरङ प्रहरीले जनाएको छ । शिशु कसले र किन त्यहाँ लगेर छाड्यो भन्ने विषयमा ...
धनकुटामा बालिका गरिमा चौधरीको सम्झना गर्दै महिलाहरूले गरे श्रद्धाञ्जली सभा

धनकुटामा बालिका गरिमा चौधरीको सम्झना गर्दै महिलाहरूले गरे श्रद्धाञ्जली सभा

धनकुटा । बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाप्रति विरोध जनाउदै आज धनकुटामा श्रद्धाञ्जली सभा र दीप प्रज्वलन गरिएको छ । धनकुटेली महिलाहरूले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली सभा र आपसी सद्भावको कामना गर्दै दीप प्रज्वलन गरेका हुन् । कार्यक्रममा महिलाहरूले बालिका हत्याको घटनाप्रति आक्रोश व्यक्त गरेका छन् । उनीहरूले ‘गरिमालाई न्याय देऊ, बलात्कारीलाई...
शब्द एक्सप्रेसले जित्यो अन्तर सञ्चारगृह फुटसलको उपाधि

शब्द एक्सप्रेसले जित्यो अन्तर सञ्चारगृह फुटसलको उपाधि

विराटनगर । विराटनगरमा आज सञ्चालित अन्तर सञ्चारगृह फुटसल प्रतियोगिताको उपाधि द शब्द एक्सप्रेसले जितेको छ । जेएनएल फुटसलमा भएको प्रतियोगिताको फाइनलमा मकालु टेलिभिजनलाई ७-१ गोलले पराजित गर्दै शब्द एक्सप्रेसले उपाधि जितेको हो । ब्रेकिङ नेपाल न्यूजको प्रथम वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा विराटनगरका १४ सञ्चारगृहको टिमबीच प्रतिष्पर्धा भएको थियो । प्रतियोगिता उद्‌घाटन गर्दै विराटनगर महानगरक...
जेन्जी आन्दोलनमा प्रहरीबाट लुटिएको बन्दुकसहित झापाबाट एक जना पक्राउ

जेन्जी आन्दोलनमा प्रहरीबाट लुटिएको बन्दुकसहित झापाबाट एक जना पक्राउ

झापा । गत वर्ष भएको जेन्जी आन्दोलनका क्रममा प्रहरीको साथबाट लुटिएको बन्दुकसहित एक युवक झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षीय सुमन कर्ण छन् । उनको साथबाट ‘सर्ट गन’ बरामद भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले कर्णलाई बन्दुकसहित नियन्त्रणमा लिएको हो । प्रहरीबाट लुटिएको बन्दुकसहित पक्राउ परेका कर्ण मोटरसाइकल ग्यारेजमा काम गर्दै आएका थिए ।
अन्तर सञ्चारगृह फुटसलमा संगालाेखबरकाे विजयी सुरुवात, नेपालटाइम्स १-० गाेलले पराजित

अन्तर सञ्चारगृह फुटसलमा संगालाेखबरकाे विजयी सुरुवात, नेपालटाइम्स १-० गाेलले पराजित

विराटनगर । विराटनगरमा सञ्चालित अन्तरसञ्चार गृह फुट्सल प्रतियोगितामा संगालाेखबर अनलाइन मिडियाले विजयी सुरुवात गरेको छ। विराटनगरस्थित जेएनएल फुटसलमा आज बिहान भएको उद्‌घाटन खेलमा नेपाल टाइम्सलाई १-० गाेलले पराजित गर्दै संगालाेखबर क्वाटरफाइनल प्रवेश गरेको हाे । खेल सुरुवातकाे ५ मिनेटमै संगालाेखबरका संवाददाता प्रज्वल कटेलले गरेको एकमात्र गोलनै टिमलाई जित दिलाउन पर्याप्त बन्यो । संगालाेखबरका सञ्चालक ...
कानुनका विद्यार्थीका लागि मुटकोर्ट प्रतियोगिता अत्यन्त आवश्यक छ : मुख्यमन्त्री कार्की

कानुनका विद्यार्थीका लागि मुटकोर्ट प्रतियोगिता अत्यन्त आवश्यक छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरस्थित ब्राईट भिजन ल कलेजद्वारा आयोजित दोश्रो संस्करणको मुटकोर्ट (नमूना अदालत) प्रतियोगिताको समापन समारोहमा बोल्दै विद्यार्थीको प्रस्तुतीको उच्च प्रशंसा गरेका छन् । उनले मुटकोर्ट प्रतियोगिता कानुनका विद्यार्थीका लागि अत्यन्त आवश्यक रहेको बताउँदै प्रदेश सरकारले अदालती अभ्यास प्रतियोगिताका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन गर...
कारभित्र लुकाएर भारततर्फ लैजाँदै गरिएको गाँजासहित माेरङबाट धनकुटाका बाबुराम पक्राउ

कारभित्र लुकाएर भारततर्फ लैजाँदै गरिएको गाँजासहित माेरङबाट धनकुटाका बाबुराम पक्राउ

विराटनगर । मोरङको जहदाबाट प्रहरीले कारमा लुकाइछिपाइ भारततर्फ लैजाँदै गरिएको १० किलोभन्दा बढी गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरी टोलीले जहदा गाउँपालिका-६ स्थित पोखरीया चोकमा चेकिङ गर्ने क्रममा नेपालबाट भारततर्फ जाँदै गरेको बा ५ च ६७०६ नम्बरको कार र चालकलाई गाँजासहित नियन्त्रणमा लिएकाे हाे । चेकजाँचका क्रममा कारको सिटमुनि सेतो प्लास्टिक...
विराटनगरको पूर्वाञ्चल आयल सप्लायर्सका सञ्चालकको बयान सकियो, अबको प्रक्रिया के ?

विराटनगरको पूर्वाञ्चल आयल सप्लायर्सका सञ्चालकको बयान सकियो, अबको प्रक्रिया के ?

विराटनगर । विराटनगरको शनिमन्दिर छेउमा रहेको पूर्वाञ्चल आयल सप्लायर्सका सञ्चालक ओमप्रकाश अग्रवालमाथि गुणस्तर तथा नापतौल कार्यालयले थप प्रक्रिया अघि बढाएको छ । उपभोक्तालाई इन्धनमा ठगी गरेको आरोप लागेका अग्रवालको बयान कार्यालयले बिहीबार नै लिइसकेको छ । बयान सकिएसँगै थप प्रक्रिया अघि बढाइएको गुणस्तर तथा नापतौल कार्यालय विराटनगरका प्रमुख शम्भु झाले बताए । भदौ १ गते कार्यालयले गरेको अनुगमनका क्रममा ...
error: Content is protected !!