विराटनगरमा १५ हजार भक्तजनको सहभागितामा श्रीकृष्ण जन्माष्टमी विशेष उत्सव गरिने
विराटनगर । विराटनगरमा यही भदौं १९ गते श्रीकृष्ण जन्माष्टमी विशेष उत्सव गरिने भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) विराटनगरले श्रीकृष्ण जन्माष्टमी विशेष उत्सव गर्न लागेको हो ।
स्कोन विराटनगरले आज पत्रकार सम्मेलन गरेर कार्यक्रमको तयारी भइरहेको जानकारी दिएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा हरेक वर्ष विराटनगरमा विशेष कार्यक्रम गरिदै आएको छ । त्यसैल...






























