इटहरीबाट ९८ किलो गाँजासहित महिला पुरुष पक्राउ

इटहरीबाट ९८ किलो गाँजासहित महिला पुरुष पक्राउ

विराटनगर । सुनसरीको इटहरी उप-महानगरपालिका-३ डाँडागाउँबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानकी कल्पना राई र भोजपुरको रामप्रसाद गाउँपालिका-७ घर भई कल्पनाकै घरमा बस्ने २० वर्षीय मनोज राई छन् । गाँजाको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार कल्पनाको घरबाट प्र १-०२...
विश्व मधुमेह दिवसको अवसरमा विराटनगरमा र्‍याली

विश्व मधुमेह दिवसको अवसरमा विराटनगरमा र्‍याली

विराटनगर । विश्व मधुमेह दिवसको अवसरमा डायबिटिज एण्ड इन्डोक्राइनोलोजी एसोसिएसन नेपाल (डिन) ले विराटनगरमा सचेतनामूलक र्‍याली निकालेको छ । विश्वव्यापी नारा ‘मधुमेह र स्वस्थ जीवन’ लाई प्रवर्द्धन गर्न ब्यानरसहित सचेतनामूलक र्‍याली निकालिएको हो । पिपल चोकबाट सुरु भएर नोबेल अस्पतालमा समापन भएको र्यालीमा स्वास्थ्यकर्मी तथा सचेत नागरिकहरूको सहभागिता थियो । मधुमेहबारे समुदायस्तरमा सचेतना पुर्याउन र्‍याली...
जेनजी आन्दोलन : विराटनगर महानगरपालिकामा एक अर्बको क्षति

जेनजी आन्दोलन : विराटनगर महानगरपालिकामा एक अर्बको क्षति

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगर महानगरपालिकामा एक अर्ब बराबरको क्षति भएको छ । गत भदौ २४ गते भएको आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटका हुँदा सो मूल्य बराबरको क्षति भएको हो । मेयर नागेश कोइरालाका अनुसार भौतिक संरचनातर्फ २३ करोड ३७ लाख ५८ हजार दुई ३४ रुपैयाँ बराबरको क्षति भएको छ । जुन महानगरको प्रशासनिक भवनसहित वडा नम्बर १ देखि १२ र १९ मा भएको क्षति हो । त्यस्तै जिन्सी सामग्रीतर्फ...
माओवादी नेता आङ्बो चढ्ने सरकारी गाडीको ठक्करबाट एक जनाको मृत्यु

माओवादी नेता आङ्बो चढ्ने सरकारी गाडीको ठक्करबाट एक जनाको मृत्यु

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रयोग गर्दै आएको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । कोशी प्रदेशसभाको को १ झ ६५० नम्बरको स्कारपियो गाडीको ठक्करबाट ग्रामथान गाउँपालिका-५ का ३५ वर्षीय प्रवेश चौधरीको मृत्यु भएको हो । मोरङ प्रहरीका अनुसार आज विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको स्कोरपिओले बाटो क्रस गर्दै गरेको को ९ प ७९ नम्बरको मोटरसाइकलाई ग्...
भेडेटारका होटल तथा पसलको अनुगमन

भेडेटारका होटल तथा पसलको अनुगमन

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटारमा सञ्चालित होटल तथा किराना पसलको अनुगमन गरिएको छ । आज भेडेटारमा सञ्चालित करिब दुई दर्जन बढी होटल तथा पसलको अनुगमन गरिएको हो । अनुगमनका क्रममा किराना पसलमा म्याद गुज्रिएका अखाद्य बस्तु फेला परेको छ । उक्त म्याद गुज्रिएको पेय पदार्थ नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटा खाद्य निरीक्षण अधिकारी सुशील कोइरालाले जानक...
साँगुरीगढीमा जनप्रतिनिधि र कर्मचारीबीच लफडा, यस्तो छ कारण

साँगुरीगढीमा जनप्रतिनिधि र कर्मचारीबीच लफडा, यस्तो छ कारण

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीबीच लफडा भएको छ । वडा नम्बर १ का वडाध्यक्ष गोविन्द लिम्बु र गाउँपालिकाका योजना अधिकृत दोर्णबहादुर राईबीच लफडा भएको हो । वडाध्यक्ष लिम्बुले कर्मचारी राईको कुटपिटबाट हातको औँला भाँचिएको दाबी गरेका छन् भने कर्मचारी राईले वडाध्यक्षले मुक्का प्रहार गर्दा दुई वटा दाँत हल्लिएको दाबी गरेका छन् । बुधबार दिउँसो कार्यकक्षमा काम गरिरहेको अवस्...
नवौँ संस्करणको विराट गोल्डकपमा ३ लाख नाफा, पाँच हजारको टिकट बिक्री 

नवौँ संस्करणको विराट गोल्डकपमा ३ लाख नाफा, पाँच हजारको टिकट बिक्री 

विराटनगर । नवौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताबाट आयोजक समितिले करिब तीन लाख रुपैयाँ नाफा आर्जन गरेको छ । विराटनगर फुटबल ट्रस्टले आज पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको आर्थिक विवरण सार्वजनिक गर्दै टिकट बिक्री कमजोर भएको जनाएको हो । गत फागुन १९ गतेदेखि २८ गतेसम्म विराटनगरको सहिद रङ्गशालामा भएको गोल्डकपमा करिब पाँच हजार रुपैयाँ बराबरको मात्र टिकट बिक्री भएको र ठूलो मात्रामा पास वितरण ...
कटहरीमा सारिएको कोशी प्रदेशसभा सचिवालय व्यवस्थापन तीब्र (फोटो फिचर) 

कटहरीमा सारिएको कोशी प्रदेशसभा सचिवालय व्यवस्थापन तीब्र (फोटो फिचर) 

विराटनगर । मोरङको कटहरी गाउँपालिका-१ जमटोकी स्थित तरकारी बजारमा सारिएको कोशी प्रदेश सभा सचिवालय व्यवस्थापनको काम तीब्र पारिएको छ । बुधबारबाट फलफूल तथा कृषि थोक बजारमा प्रदेश सभा सचिवालय सारिएपछि व्यवस्थापनको काम तीब्र पारिएको हो । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडका कारण विराटनगरको देवकोटा चोकमा रहेको प्रदेश सभा नष्ट भएपछि कटहरी सारिएको हो । नयाँ कार्यस्थलमा सभामुख, उप-सभाम...
साँगुरीगढी गाउँपालिकाका अध्यक्षको कार्यकक्षमा किन भयो तालाबन्दी ?

साँगुरीगढी गाउँपालिकाका अध्यक्षको कार्यकक्षमा किन भयो तालाबन्दी ?

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईको कार्यकक्षमा गरिएको तालाबन्दी खोलिएको छ । नेकपा एमाले गाउँ सभा दलले विभिन्न माग राख्दै बुधबार अध्यक्ष राईको कार्यकक्षमा तालाबन्दी गरेको थियो । जनमतको आधारमा समन्वय, सहकार्य र सह-अस्तित्वको आधारमा स्थानीय सरकार सञ्चालन गरिनुपर्ने, बहुमत सदस्यको निर्णय कार्यान्वयन गरिनुपर्ने, विद्यालय कर्मचारी र ई.सि.डी. मा कार्यरत कर्मचारीको सरकारल...
विराटनगरबाट १८ किलो गाँजासहित एक जना पक्राउ

विराटनगरबाट १८ किलो गाँजासहित एक जना पक्राउ

विराटनगर । विराटनगर-५ स्थित रिङ रोडबाट गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको बर्जु गाउँपालिका-३ का २२ वर्षीय मुकेशकुमार चौधरी छन् । विशेष सूचनाका आधारमा दुहबीबाट खटिएको प्रहरी टोलीलाई बुधबार राति ११ बजे पक्राउ गरेको हो । प्रहरीलाई देख्नेबित्तिकै उनले झोला फ्याँकेर भागेका थिए । झोलाभित्र १८ किलो पाँच सय ८० ग्राम गाँजा फेला परेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडा...
कटहरीको तरकारी बजारमा सर्याे कोशी प्रदेश सभा 

कटहरीको तरकारी बजारमा सर्याे कोशी प्रदेश सभा 

विराटनगर । जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटका कारण देवकोटा चोकको कोशी प्रदेश सभा ध्वस्त भएपछि कटहरी स्थित तरकारी बजारमा सारिएको छ । प्रदेश सभा सचिवालय बुधबारबाट फलफूल तथा कृषि थोक बजारमा सारिएको हो । कटहरीको नयाँ कार्यस्थलमा सभामुख, उप-सभामुखसहित प्रमुख पदाधिकारीहरूको कार्यकक्ष तयार पारिएको छ । अहिले सचिवालय व्यवस्थापनको काम तीव्र गतिमा अघि बढाइएको छ । कार्यालय व्यवस्थापन पूर...
धनकुटाको खाल्सा क्षेत्रमा पापानी पर्वको रौनक

धनकुटाको खाल्सा क्षेत्रमा पापानी पर्वको रौनक

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रमा बसोवास गर्ने किरात राई जातिको पापानी चाड सुरु भएको छ । किराती राईहरूले नयाँ बाली भित्र्याएको खुशियालीमा पापानी चाड मनाउने गरेका छन् । कात्तिक शुक्ल पूर्णिमापछिको पहिलो मंगलबार सहिदभूमि गाउँपालिका-३ स्थित साकेन्वा थानमा जम्मा भएर पूजा गरेपछि पापानी चाड सुरु हुन्छ । पापानी चाडमा ढोल नाच साथै बाजागाजासहित रमाइलो गर्दै इष्टदेवताको पूजाआराधना ...
कोशी प्रदेशसभा सचिव खड्काले लिए शपथ

कोशी प्रदेशसभा सचिव खड्काले लिए शपथ

विराटनगर । कोशी प्रदेशसभाको सचिवमा नियुक्त भएका सुदर्शन खड्काले शपथग्रहण गरेका छन् । आज प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले कटहरी स्थित कृषि बजारमा सपथ गराएका हुन् । गत भदौ २४ गतेको जेनजी आन्दोलनमा आगजनी तथा तोडफोड हुँदा कोशी प्रदेश सभा ध्वस्त भएपछि कृषि बजारमा प्रदेश सभा सारिएको हो । तत्कालीन सचिव गोपाल पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि गत माघदेखि प्रदेशसभा सचिव रिक्त थियो ।
नोबेल अस्पतालद्वारा वार्षिक १० लाख रुपैयाँको अनुसन्धान अनुदान घोषणा

नोबेल अस्पतालद्वारा वार्षिक १० लाख रुपैयाँको अनुसन्धान अनुदान घोषणा

विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले स्वास्थ्य तथा चिकित्सा शिक्षा अन्तर्गतका अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले अनुदानको घोषणा गरेको छ । अनुसन्धान संस्कृतिलाई बढावा दिन र अनुसन्धान कर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यअनुरूप नोबेलले वार्षिक १० लाख रुपैयाँको अनुसन्धान अनुदान घोषणा गरेको हो । कात्तिक २६ गते नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका सञ्चालक डा. सु...
धनकुटामा प्रादेशिक अस्पताल निर्माणका लागि बाटो खुल्यो​​​​​​​

धनकुटामा प्रादेशिक अस्पताल निर्माणका लागि बाटो खुल्यो​​​​​​​

धनकुटा । धनकुटामा प्रादेशिक अस्पताल निर्माणका लागि मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले धनकुटा नगरपालिका-७ मा रेशम खेती विकास कार्यक्रमको नाममा दर्ता कायम रहेको जग्गा अस्पताल निर्माणका लागि उपयोग गर्न स्वीकृति दिएको हो । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले २५ रोपनी ५ आना ३ पैसा जग्गा प्रदान गरेको जानकारी दिए । मन्त्रिपरिषद्को...
जहदा घटनामा मुकदर्शक बनेका प्रहरी हबल्दारलाई सोधियो स्पष्टिकरण

जहदा घटनामा मुकदर्शक बनेका प्रहरी हबल्दारलाई सोधियो स्पष्टिकरण

विराटनगर । मोरङको जहदा गाउँपालिका-१ राजवंशी चोकमा दुई छिमेकीबीच भएको झगडामा मुकदर्शक भएको भन्दै प्रहरी सहायक हबल्दारमाथि कारबाही अघि बढाइएको छ । कात्तिक १० गते साँझ ३८ वर्षीय मुकुन्द साह र उनकी श्रीमती ३२ वर्षीया सिमादेवी साहमाथि छिमेकी ५० वर्षीय बिन्देश्वर सरवरीयाको परिवारले कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । सो घटनामा मुकदर्शक भएको भन्दै प्रहरी चौकी बुधनगरमा कार्यरत प्रहरी हबल्दार मुक...
लम्पी स्किन : कोशीमा ११ सय चौपायाको मृत्यु

लम्पी स्किन : कोशीमा ११ सय चौपायाको मृत्यु

विराटनगर । कोशी प्रदेशमा लम्पी स्कीन रोगका कारण एक हजार बढी पशु चौपायाको मृत्यु भएको छ । प्रदेशका तीन लाख ९४ हजार पाँच सय ८५ चौपायामध्ये तीन लाख एक सय ५४ मा लम्पी स्कीनको संक्रमण देखिएको थियो । जसमध्ये एक हजार एक सय १६ वटा चौपायाको मृत्यु भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय धरानले जनाएको छ । निर्देशनालयका अनुसार समयमै खोप अभियान सञ्चालन गरेर रोगलाई नियन्त्रणमा लिन सफल भएको हो । लम्पी स्क...
कोशी प्रदेशसभाको सचिवमा खड्का नियुक्त, सपथ दिउँसो ३ बजे

कोशी प्रदेशसभाको सचिवमा खड्का नियुक्त, सपथ दिउँसो ३ बजे

विराटनगर । कोशी प्रदेश सभाको सचिव पदमा सुदर्शन खड्का नियुक्त भएका छन् । संघीय संसद् सचिवालयको सचिवबाट स्वेच्छिक अवकाश लिएका खड्कालाई सभामुख अम्बरबहादुर विष्टको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले सचिव नियुक्त गरेका हुन् । उनको शपथग्रहण आज दिउँसो ३ बजेका लागि तय गरिएको छ । तत्कालीन सचिव गोपालप्रसाद पराजुली सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएपछि ९ महिनादेखि प्रदेश सभा सचिवालय नेतृत्वविहीन अव...
झापामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

झापामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

झापा । झापामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । झापा गाउँपालिका-६ शरणामतीमा भएको दुर्घटनामा ४५ वर्षीय सुनिल सोरेनको मृत्यु भएको हो । प्रहरीका अनुसार घरबाट ट्याक्टर निकाल्ने क्रममा दुर्घटना हुँदा सोरेन गम्भीर घाइते भएका थिए । उनको बिर्तामोडस्थित विर्ता सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोरेनले मे १ त ३३१६ नम्बरको ट्रयाक्टर घरबाट निकाल...
धरानबाट गाँजासहित सहिदभूमिका सिद्धार्थ पक्राउ

धरानबाट गाँजासहित सहिदभूमिका सिद्धार्थ पक्राउ

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-२० कोकाहा खोलाबाट गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका-१ का २३ वर्षीय सिद्धार्थ राई छन् । मंगलबार राति करिब ७ः४० बजे प्र १-०२-०५३ प ९९८१ नम्बरको मोटरसाइकलमा धरानतर्फ आइरहेका राईलाई प्रहरीले चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा राईले बोकेको झोलामा ११ किलो गाँजा फेला परेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज ...
विराटनगरको बरगाछीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

विराटनगरको बरगाछीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

विराटनगर । विराटनगर–३ बरगाछी चोक नजिकै भएको सवारी दुर्घटनामा महिलाको मृत्यु भएको छ । भारतीय नम्बरको ट्रकले ठक्कर दिँदा सर्लाही हरिपुर नगरपालिका–१ की ४५ वर्षीया रोहिता अधिकारीको मृत्यु भएको हाे । कञ्चनबारीबाट दक्षिणतर्फ आउँदै गरेको डब्लुबी ५९ सी ०२४८ नम्बर भारतीय ट्रकले सोही दिशातर्फ आउँदै गरेको प्रदेश २–०३–०११ प ४३४१ नम्बरको मोटरसाइकललाई साँझ ५ः १५ बजेतिर ठक्कर दिएको थियो । ट्रककाे ठक्करबाट मो...
सुनसरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

सुनसरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-७ भुटाहा पुलस्थित भित्री सडक खण्डमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल पछाडि सवार भोक्राहा-२ की अन्दाजी ४५ वर्षीया रसिदा खातुनको मृत्यु भएको हो । आज बिहान करिब ११ः४५ बजे सप्तरीबाट हरिनगरातर्फ जाँदै गरेको प्र १-०२-००१ ख ९२०७ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्र १-०२-०४१ प ४४३० नम्बरको मोटरसाइकललाई ठक...
धनकुटामा प्रभावकारी बन्दै बंगुरको कृत्रिम गर्भधारण

धनकुटामा प्रभावकारी बन्दै बंगुरको कृत्रिम गर्भधारण

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-३ स्थित कृषि अनुसन्धान कार्यलयको राष्ट्रिय बंगुर अनुसन्धान कार्यक्रम प्रभावकारी बन्दै गएको छ । फेस्र सेमेन (बंगुरको ताजा वीर्य) संकलन गरी बंगुरमा गरिने कृत्रिम गर्भाधारण कार्यक्रम प्रभावकारी बन्दै गएको हो । पाख्रीबासमा कालो बंगुरको अनुवांशिक शुद्धता र बंगुरपालक किसानको सुविधाका लागि कृत्रिम गर्भधारण सेवा २०७८ सालदेखि सुरु भएको हो । प्रयोगशाला व्यवस्थापनपछि ...
विराटनगरमा एमालेको मोटरसाइकल र्‍याली (फोटो फिचर)

विराटनगरमा एमालेको मोटरसाइकल र्‍याली (फोटो फिचर)

विराटनगर । एमाले विराटनगर महानगर कमिटीसहित ६ वटा छिमेकी पालिका कमिटीले आज मोटरसाइकल र्‍याली निकालेका छन् । विराटनगरसहित बुढीगंगा, ग्रामथान, कटहरी, धनपालथान र जहदा पालिका कमिटीले मोटरसाइकल र्‍याली निकालेका हुन् । जिल्ला पार्टी कार्यालय पाञ्चालीबाट निकालिएको मोटरसाइकल र्‍याली रोडशेषबाट मेनरोड हुँदै पुष्पलाल चोकमा पुगेर कोणसभामा परिणत भएको छ । कोणसभालाई नेताहरूले सम्बोधन गरिरहेका छन् । संविधान र...
मनमोहनका विद्यार्थीले बनाए ‘स्मार्ट हार्वेस्ट’ र ‘सोलार पोडवे’ 

मनमोहनका विद्यार्थीले बनाए ‘स्मार्ट हार्वेस्ट’ र ‘सोलार पोडवे’ 

विराटनगर । कोशी प्रदेश सरकार अन्तरगतको मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीले कृषि कार्यका विभिन्न उपकरण बनाएका छन् ।  एउटै मेसिनबाट धेरै काम गर्न सकिने स्मार्ट फार्मिङ र स्मार्ट सिटीका लागि सोलारबाट चल्ने विभिन्न मेसिन र सिस्टम उपकरणहरू बनाएका हुन् । मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकको तीन बर्षे डिप्लोमातर्फ अध्ययनरत अन्तिम वर्षका विद्यार्थीहरूले धान काट...
अंशु गौतम हत्या प्रकरण : ‘क्लु’ नभेटिँदा जटिल बन्दै अनुसन्धान

अंशु गौतम हत्या प्रकरण : ‘क्लु’ नभेटिँदा जटिल बन्दै अनुसन्धान

विराटनगर । मोरङको लेटाङ नगरपालिका-२ बुधबारेकी १३ वर्षीया अंशु गौतमको शव फेला परेको दुई साता नाघेको छ । कक्षा ५ मा पढ्ने गौतम असोज २१ गते दिउँसो घरबाट खेल्न जान्छु भन्दै निक्लिएकी थिइन् । तर उनी घर फर्किइनन् । उनी हराएको १८ दिनपछि अर्थात कात्तिक ७ गते बेलबारी-चिसाङ साझेदारी बनभित्र क्षतविक्षत अवस्थामा शव भेटियो । शव भेटिएको १८ दिन हुँदा पनि  पनि उनको मृत्युको कारण खुल्न सकेको छैन । शरीर र टाउको ...
निर्वाचन क्षेत्रमा सुनिल शर्मालाई नौमती बाजासहित भव्य सम्मान

निर्वाचन क्षेत्रमा सुनिल शर्मालाई नौमती बाजासहित भव्य सम्मान

विराटनगर । नेपाली काँग्रेसका युवा नेता डा. सुनिल शर्मालाई निर्वाचन क्षेत्रका जनताले नौमती बाजा, सांस्कृतिक झाँकी र फूलमाला सहित भव्य सम्मान गरेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका-३ स्थित गोहीहोली खोलामा निर्माण हुन लागेको पुलको शिलान्यास गर्न पुगेका शर्मालाई सोमबार जनताले सम्मान गरेका हुन् । खोलामा पुल नहुँदा उक्त स्थानको जनजीवन लामो समयदेखि कष्टकर थियो । वर्षायाममा आवत-जावत जोखिमपूर्ण मा...
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी पदमुक्त

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी पदमुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गरेका हुन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम मधेश प्रदेशका प्रदेश प्रमुख भण्डारीलाई राष्ट्रपतिले मंगलबार पदमुक्त गरेका हुन् । प्रदेश प्रम...
फाल्गुनन्दको शिक्षाले सत्य, सद्भाव र एकताको भावनालाई सुदृढ पार्छ : मुख्यमन्त्री कार्की

फाल्गुनन्दको शिक्षाले सत्य, सद्भाव र एकताको भावनालाई सुदृढ पार्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले किरात धर्मका महान गुरु समाज सुधारक तथा सत्य, अहिंसा र नारी सम्मानका प्रवर्तक महागुरु फाल्गुनन्द लिङदेनको जन्मजयन्तीको अवसरमा श्रद्धा अर्पण गर्दै शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री कार्कीले महागुरुको सत्य वचन, अहिंसा, परोपकार र नैतिक जीवनशैलीले नेपाली समाजलाई सहिष्णुता, एकता र सद्भावतर्फ अघि बढ्न प्रेरणा दिएको बताए । बाल्यकालदेखि...
उदयपुरबाट लहान जाँदै गरेको गाडी दुर्घटना हुँदा १२ जना घाइते   

उदयपुरबाट लहान जाँदै गरेको गाडी दुर्घटना हुँदा १२ जना घाइते   

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका बगाहा-४ स्थित गाईघाट कदमाहा सडकखण्डमा गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । गाईघाट बजारबाट सिरहाको लहानतर्फ जाँदै गरेको ना १ ज ८३९१ नम्बरको गाडी त्रियुगा नगरपालिका-४ को बगाहा सडकखण्डमा आज अनियन्त्रित भई दुर्घटना भएको हो । घाइते हुनेमा त्रियुगा नगरपालिका-२ का ७७ वर्षीय कमल खड्का, ५७ वर्षीय नरबहादुर खत्री र त्रियुगा नगरपालिका-१२ का १७ वर्षीया प्रतीजा विक...
कोशी प्रदेशमा भोलि सार्वजनिक बिदा

कोशी प्रदेशमा भोलि सार्वजनिक बिदा

विराटनगर । कोशी प्रदेशमा भोलि मंगलबार सार्वजनिक बिदा परेको छ । फाल्गुनन्द जयन्तीको अवसरमा प्रदेशभरि सार्वजनिक विदा दिइएको हो । प्रदेश सरकारद्वारा २०८१ साल चैत १९ गते प्रकाशित प्रदेश राजपत्रमा उल्लेख भए अनुसार भोलि सार्वजनिक बिदा परेको हो । जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गर्दै भोलि कार्यालयबाट प्रवाह हुने सेवाहरू बन्द रहने जनाएको छ ।
error: Content is protected !!