संगालोखबर


विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-११ सुकुम्बासी बस्तीका भीमबहादुर मगरलाई नेपाली काँग्रेसका युवा नेता डा. सुनिल शर्माले उपचार तथा आर्थिक सहयोग गरेका छन् ।

क्यान्सर रोगबाट पीडित मगर आर्थिक अभावका कारण उपचार गर्न नसक्ने अवस्थामा थिए । उनी गम्भीर अवस्थामा रहेको खबर पाएपछि डा. शर्माले बिहीबार आफैँ पुगेर मगरको अवस्था बुझेका थिए ।

Advertisement

मगरको घर पुगेका शर्माले तत्कालै नोबेल मेडिकल कलेजमा निःशुल्क खाना र बस्नसहित उपचार तथा आवश्यक सुविधा उपलब्ध गराउने व्यवस्था मिलाएका हुन् । त्यसपछि एम्बुलेन्समार्फत मगरलाई नोबेल मेडिकल कलेज ल्याइएको छ ।

डा. शर्माको सहयोगले केही महिनादेखि उपचार नपाएर पीडामा रहेका मगर र उनको परिवारलाई ठूलो राहत मिलेको छ । उनले गम्भीर बिरामीलाई निःशुल्क उपचारको व्यवस्था मिलाउनुका साथै देशभर स्वास्थ्य शिविर सञ्चालन तथा घाइतेहरूको उपचारमा सहयोग गर्दै आएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!