संगालोखबर
फाइल तस्बिर

विराटनगर । सुनसरीबाट गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका-२ का १८ वर्षीय लालदेव रजक छन् ।

आज बिहानको राति बराहक्षेत्र नगरपालिका-३ नडाहा चोकमा धरानबाट आइरहेको बीआर ११ बीएफ ०१८९ नम्बरको मोटरसाइकलमा सवार उनलाई प्रहरीले चेकजाँच गरेको थियो ।

Advertisement

चेकजाँचका क्रममा मोटरसाइकलमा राखिएको बोरामा ४१ किलो पाँच सय ग्राम गाँजा फेला परेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए । पक्राउ परेका रजकलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!