सुनसरीका २० वर्षीय युवाले थाइल्याण्डको बैंक म्यानेजर हुँ भन्दै ६२ लाख ठगेपछि…
विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-१ का २० वर्षीय कुशेश्वर मेहतालाई ठूलो रकम ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । आफू थाइल्याण्डमा रहेको एसआईएएम कमर्सियल बैंकको म्यानेजर बताउँदै ६२ लाख बढी रकम ठगी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
मेहतालाई कोशी गाउँपालिका-८ भण्टाबारीस्थित नेपाल-भारत सीमा क्षेत्रबाट मंगलबार साँझ पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाल...































