
विराटनगर । विराटनगर-१६ दरैयाबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका-१२ का ३९ वर्षीय राजु बिक छन् ।
आज बिहान ८ः३० बजे को ३८ प २३१७ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका बिकलाई शंका लागेर चेकजाँच लागूऔषध ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।
उनको साथबाट १०३ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । बिकलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

संगालोखबर 













