संगालोखबर
फाइल तस्बिर

विराटनगर । मोरङको बेलबारी नगरपालिका-८ डाँगीहाटका एक युवकले धारिलो हतियारले आफ्नै घाँटी रेटेका छन् । आज साँझ ३२ वर्षीय हेमकुमार मगरले धारिलो हतियारले आफ्नो घाँटी आफैँले रेटेका हुन् ।

घाँटी रेटेर गम्भीर घाइते भएको अवस्थामा उनलाई आमा विष्णुमायाले देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको उद्धार गरेर उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

Advertisement

‘धारिलो हतियार रेट्दा युवकको घाँटीमा गहिरो चोट लागेको छ’, मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले संगालोखबरसँग भनिन्, ‘उनको नोबलमा उपचार भइरहेको छ । अवस्था गम्भीर छ ।’

उनले घाँटी रेट्न प्रयोग गरेको हतियार खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हेमकुमार पहिलादेखि नै मानसिक समस्यामा रहेको खुलेको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!