संगालोखबर

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका-५ भैसेमा माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । काठमाडौंबाट खाँदबारी जाँदै गरेको बा ३ ख ५३०२ नम्बरको हायस माइक्रोबस आज बिहान करिब ६ः३० बजे दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरेर उपचारका लागि धनकुटा अस्पताल ल्याइँदैछ ।

१४ जना घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए । ‘अहिले घाइतेहरूलाई उद्धार गरेर अस्पताल पठाउने काम भइरहेको छ, गाडीमा १५ जना सवार मध्ये १ जना सकुशल छन्, बाँकी सबै घाइते छन्,’ डीएसपी कार्कीले संगालोखबरसँग भने, ‘घटनाको विस्तृत विवरण आइसकेको छैन ।’

माइक्रो सडकमै पल्टिएको छ । दुर्घटनाको कारण खुल्न बाँकी छ ।

अपडेट: धनकुटामा माइक्रोबस पल्टिँदा एक जनाको मृत्यु, १३ घाइते

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!