
विराटनगर । विराटनगरमा नेकपा एमालेका नेता महेश बस्नेत सवार गाडीमा रातो मसी प्रहार गर्ने दुई युवा नेपाली काँग्रेसका क्रियाशील सदस्य भएको खुलेको छ । युवा संघको जागरण सभामा सुनसरी जाँदै गर्दा बस्नेत सवार बा १७ च ५९६१ नम्बरको गाडीको सिसामा मसी प्रहार भएको थियो ।
विराटनगर विमानस्थलबाट बाहिरिने क्रममा बस्नेत र पूर्वमन्त्री भानुभक्त ढकालमाथि विराटनगर –१ का २५ वर्षीय संजोग गौतम र विराटनगर-२ का १९ वर्षीय अर्पित कुँवरले मसी प्रहार गरेका थिए । तत्कालै प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएको छ ।
उनीहरू दुबै जना नेपाली काँग्रेस निकट रहेको पुष्टि भएको छ । संजोग गौतम गत स्थानीय निर्वाचनमा निर्वाचन परिचालन कमिटीका सचिव थिए । त्यसपछि उनले नगर सभापति दीपक चापागाईंको सचिवालयमा पनि काम गरेको खुलेको छ । अर्पित कुँवर पनि काँग्रेसका क्रियाशील सदस्य रहेको खुलेको छ ।

संगालोखबर 













