
विराटनगर । विराटनगरबाट हराएको सुनको बाला फेला पारेर मोरङ प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ । बिहीबार बिहान करिब १० बजे विराटनगर-११ की प्रतीक्षा कोइरालाले हातमा लगाएको बाला हराएको थियो ।
पिचरा चोक नजिक डेढ तोला बराबरको सुनको बाला हराएको भन्दै कोइरालाले बेलुका ५ बजे प्रहरीलाई मौखिक जानकारी गराएकी थिइन् । उक्त जानकारीपछि प्रहरी चौकी बखरीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रविण भट्टराईको कमान्डमा खटिएको टोलीले खोजी गरेको थियो ।
हराएको स्थानबाट सिसिटिभी फुटेज अवलोकन गर्दै खोजी गर्ने क्रममा सुनको बाला फेला परेको मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् ।
सुनको बाला सिटी चालक विराटनगर-११ का ५३ को रामचन्द्र यादवसँग फेला पारेर सम्बन्धित धनीलाई बिहीबार नै बुझाइएको प्रहरीले जनाएको छ ।

संगालोखबर 













