
विराटनगर । विराटनगर महानगरपालिका-७ सात घुम्तीनजिक एउटा प्लास्टिक उद्योगमा भीषण आगलागी भइरहेको छ । केहीबेर अघिबाट सुरु भएको आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।
आगो नियन्त्रणका लागि विभिन्न ठाउँबाट दमकल झिकाइएको छ । आगलागी भएको स्थान वरपर रहेका घरहरू जोखिममा परेका छन् । आगलागीको कारण खुल्न बाँकी छ ।

संगालोखबर 













