सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ गरिएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको अभियान धनकुटामा आज शुभारम्भ गरिएको हो ।

सो अवसरमा धनकुटा नगरपालिकाले अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सरोकारवालाहरूले आफू र आफ्नो घरबाट लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु गर्नुपर्ने बताए ।

Advertisement

उनीहरूले सहर भन्दा गाउँ-गाउँमा अभियान चलाउनुपर्नेमा जोड दिए । सहभागीहरूले पछिल्लो समय पितृसत्तात्मक सोचका कारण समाजमा विभिन्न हिंसात्मक गतिविधि बढ्दै गएको बताए ।

धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले समाजमा विभिन्न प्रकृतिका महिला हिंसा हुने गरेको बताए । उनीहरूले सम्बन्धित ठाउँमा उजुरी दिन नसक्दा थप हिंसाका घटनाहरू बढेका उनको भनाइ थियो । महिला मात्रै नभइ पुरुष पनि हिंसाको सिकारमा पर्ने गरेको बताउँदै उनले बेरोजगार बढ्दा हिंसाका घटनामा वृद्धि भएको धारणा राखे ।

जिल्ला समन्वय समिति धनकुटा उपप्रमुख सावित्रा राईले पछिल्लो समय सामाजिक सञ्जालबाट हिंसाका गतिविधि बढ्दै गएको बताइन् । उनले लैङ्गिक हिंसा विरुद्धको अभियान सहर केन्द्रीत नभएर गाउँ केन्द्रित गर्न अनुरोध गरिन् । धनकुटा नगरपालिका उपप्रमुख भिमादेवी खनालले सामाजिक र परिवारबाटै हिंसाका घटना हुने गरेको बताइन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!