जेनजी आन्दोलनमा हिरासतबाट भागेका व्यक्ति खोटाङमा पक्राउ

जेनजी आन्दोलनमा हिरासतबाट भागेका व्यक्ति खोटाङमा पक्राउ

खोटाङ । जेनजी आन्दोलनको क्रममा हिरासतबाट भागेका एक व्यक्ति खोटाङबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङको जन्तेढुंगा गाउँपालिका-६ केराबारीका २३ वर्षीय प्रबिन मगर छन् । जबरजस्ती करणीको मुद्दामा अनुसन्धानमा रहेका मगर भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा काभ्रे जिल्लास्थित बनेपा इलाका प्रहरी कार्यालयको हिरासतबाट भागेका थिए । आफ्नै घरमा लुकिछिपि बसेको अवस्थामा इलाका प्रहरी कार्यालय चिसापानीले...
विराटनगरमा खाल्डोमा पुरियो माछा र सिद्रा

विराटनगरमा खाल्डोमा पुरियो माछा र सिद्रा

विराटनगर । विराटनगरमा माछा र सिद्रा खाल्डोमा पुरिएको छ । विराटनगर-६ स्थित केशलिया खोलाको पुल नजिकै बेवारिसे अवस्थामा फेला परेको ५० किलो रहु माछा र ५० किलो सिद्रा माछा खाल्डोमा पुरेर नष्ट गरिएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार उक्त माछा र सिद्रा भारतबाट ल्याइएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयले बरामद गरेको माछा स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको हो ।
धरानको पुनर्स्थापना केन्द्रमा उपचाररत युवकको कुटपिटबाट मृत्यु, नौ जना पक्राउ

धरानको पुनर्स्थापना केन्द्रमा उपचाररत युवकको कुटपिटबाट मृत्यु, नौ जना पक्राउ

सुनसरी । सुनसरीको धरान-११ स्थित मंगलबारेमा रहेको नयाँ लक्ष्य उपचार तथा पुनर्स्थापना केन्द्रमा उपचाररत एक युवकको कुटपिटबाट मृत्यु भएको छ । तेह्रथुमको मेन्छयायेम गाउँपालिका-६ का ३३ वर्षीय खड्गबहादुर राईको कुटपिटबाट मृत्यु भएको हो । प्रहरीका अनुसार कुटपिटबाट घाइते भएका उनको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत मंगलबार दिउँसो मृत्यु भएको हो । उनको मृत्यु भएपछि प्रहरीले केन्...
रानी नाका ७२ घण्टाका लागि बन्द 

रानी नाका ७२ घण्टाका लागि बन्द 

विराटनगर । विराटनगरको रानी नाका तीन दिनका लागि बन्द हुने भएको छ । भारतको बिहार हुने दोस्रो चरणको विधानसभा निर्वाचनका लागि आज बेलुकाबाट ७२ घण्टा नाका बन्द गर्न लागिएको हो । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार आज साँझ ६ बजेदेखि सीमा नाका पूर्ण रूपमा सिल हुनेछ । मतदान सकिएपछि मात्रै सिमा नाका खुल्नेछ । तीन दिनको अवधिमा आपतकालीन अवस्थामा बाहेक सीमा क्षेत्रमा आवतजावत गर्न रोक ल...
धनकुटाको औद्योगिक क्षेत्रबाट लागूऔषधसहित दुईजना पक्राउ

धनकुटाको औद्योगिक क्षेत्रबाट लागूऔषधसहित दुईजना पक्राउ

धनकुटा । धनकुटा नगरपालिका-६ स्थित औद्योगिक क्षेत्रबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा नगरपालिका-६ गोठगाउँका तिलक भुजेल र मौसम राई छन् । लागूऔषध कारोबार भइरहेको भन्ने विषेश सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीका अनुसार भुजेलले बोकेको झोलाबाट विभिन्न किसिमका लागूऔषध बरामद भएको छ । पक्राउ परेका द...
आगामी निर्वाचनको मतदाता बन्न पाउँदा जेनजी पुस्ता उत्साहित 

आगामी निर्वाचनको मतदाता बन्न पाउँदा जेनजी पुस्ता उत्साहित 

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर मतदाता नामावली संकलन भइरहेको छ । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै असोज १० गतेबाट सुरु भएको मतदाता नामावली संकलनमा नाम दर्ता गराउनेको संख्या बढ्दो छ । जसमा जेनजी पुस्ता अगाडि देखिएको छ । जेनजी पुस्ताका अशोक कामत विराटनगर बसेर पढिरहेका छन् । उनको घर सिराहा हो । आगामी निर्वाचनका लागि मतदाता बन...
झापा र मोरङबाट लागूऔषधसहित पाँच जना पक्राउ

झापा र मोरङबाट लागूऔषधसहित पाँच जना पक्राउ

विराटनगर । झापा र मोरङबाट प्रतिबन्धित लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । विभिन्न स्थानमा चेकजाँचका क्रममा प्रहरीले लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो । झापाको मेचीनगर नगरपालिका-६ बाट दमक नगरपालिका-५ का ३१ वर्षीय राजु श्रेष्ठ ४५ ग्राम ९३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् । यस्तै लागूऔषध नियन्त्रण ब्युरो विराटनगरले सुन्दरहरैँचा-१० का २८ वर्षीय सुशान्त पोखरेल र सुन्दरहरैँचा-९ का ...
जेनजी आन्दोलनपछि बल्न छाडे विराटनगरका ट्राफिक बत्ती, मर्मतको छैन टुङ्गो

जेनजी आन्दोलनपछि बल्न छाडे विराटनगरका ट्राफिक बत्ती, मर्मतको छैन टुङ्गो

विराटनगर । विराटनगरका विभिन्न स्थानमा जडान गरिएका ट्राफिक बत्ती नबल्दा सवारी आवागमन अस्तव्यस्त बनेको छ । जेनजी आन्दोलनका क्रममा क्षति पुगेपछि बल्न छाडेका ट्राफिक बत्ती मर्मतको अत्तोपत्तो छैन । ट्राफिक बत्ती नबल्दा ट्राफिक व्यवस्थापन पनि अस्तव्यस्त बनेको छ । कार्यालय समयमा थप सवारी चाप हुनेहुँदा बाटो काट्ने पैदलयात्रीलाई थप समस्या थपिएको छ । विराटनगर भर्खर-भर्खर ट्राफिक बत्तिमा अभ्यस्त हुँदैथियो...
जुत्ता-चप्पल बनाउने धनकुटाका घरेलु उद्योग सङ्कटमा 

जुत्ता-चप्पल बनाउने धनकुटाका घरेलु उद्योग सङ्कटमा 

धनकुटा । धनकुटामा सञ्चालित जुत्ता-चप्पल बनाउने घरेलु उद्योग सङ्कटमा परेका छन् । रेडिमेट जुत्ता-चप्पलसँग प्रतिस्पर्धा गर्न नसक्दा करिब ४ दशक अघिदेखि जुत्ता-चप्पल बनाउँदै आएका घरेलु उद्योग सङ्कटमा परेका हुन् । धनकुटा नगरपालिका-७ संगम टोलमा सञ्चालित अधिकांश जुत्ता-चप्पल बनाउने उद्योग बन्द भइसकेका छन् । भएका पनि सङ्कटमा परिसकेका छन् । कुनै बेला ती उद्योगमा जुत्ता-चप्पल किन्नेको भीड लाग्थ्यो । तर अह...
बिहारमा विधानसभा निर्वाचन : पूर्वी नाका ७२ घण्टा बन्द हुने

बिहारमा विधानसभा निर्वाचन : पूर्वी नाका ७२ घण्टा बन्द हुने

झापा । बिहारमा सुरु भएको विधानसभा निर्वाचनलाई लक्षित गरी झापाको भद्रपुर नाका ७२ घण्टा बन्द गरिने भएको छ । ११ नोभेम्बर अर्थात कात्तिक २५ मा हुने दोस्रो चरणको निर्वाचनलाई लक्षित गर्दै बिहार राज्यसँग सिधा सीमा जोडिएको भद्रपुर नाका ७२ घण्टा बन्द गरिने सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार नोभेम्बर ८ अर्थात कात्तिक २२ गते शनिबार साँझ ५ बजेदेखि नोभेम्बर ११ अर्थात क...
विराटनगरको बाल सुधार गृहबाट फरार भए ७ जना ‘बाल बिझ्याइँकर्ता’

विराटनगरको बाल सुधार गृहबाट फरार भए ७ जना ‘बाल बिझ्याइँकर्ता’

विराटनगर । विराटनगर महानगरपालिका-३ स्थित बाल सुधार गृहबाट ७ जना ‘बाल बिझ्याइँकर्ता’ फरार भएका छन् । आज साँझ कर्मचारीहरू घर जाने समय पारेर गेट खुल्ने मौकामा उनीहरू फरार भएका हुन् । फरारमध्ये एक जना फेला परेका मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले संगालोखबरलाई जानकारी दिइन् । प्रहरीका अनुसार भागेकाहरू १८ वर्षभन्दा माथिका छन् । ‘सात जना फरार भएकामा जबरजस्ती करणीमा सुधार गृहमा रहेका एक जना ...
विराटनगरमा कौसी खेतीसम्बन्धी तालिम 

विराटनगरमा कौसी खेतीसम्बन्धी तालिम 

विराटनगर । विराटनगरमा कौसी खेतीसम्बन्धी तालिम भएको छ । विराटनगर जेसीजको आयोजनामा घरमै सब्जी उत्पादन कसरी गर्न सकिन्छ भन्ने विषयमा तालिम भएको हो । ‘जमिनबाट नै सुरुवात हुन्छ जीवन, एकले ५ जना लाई सिकाऔं, स्वस्थ खानपान गरौं’ भन्ने नारासहित कौसी खेती सम्बन्धी तालिम आयोजना गरिएको हो । सचेतना कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा कृषि अभियन्ता लोकेन्द्र थापाले कौसी खेतीसम्बन्धी तालिम दिएका थिए । ...
झापामा इन्टरनेट मर्मत गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

झापामा इन्टरनेट मर्मत गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

विराटनगर । झापाको कमल गाउँपालिका-६ मा इन्टरनेट मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ । उपचारपछि घर फर्काइएका उनको बुधबार मृत्यु भएको हो । प्रहरीका अनुसार कात्तिक ११ गते साँझ कमल गाउँपालिका-६ मंगलबारेमा बिजुलीको पोलमा चढेर वाइफाई मर्मत गरिरहेका शिवसताक्षी नगरपालिका–१ का १९ वर्षीय आसिस खनाललाई करेन्ट लागेको थियो । उनी फस्ट लिंक (वाइफाई) कम्पनीमा कार्यरत थिए । क...
मोरङ र इलाममा तीन जना पुरुष मृत फेला

मोरङ र इलाममा तीन जना पुरुष मृत फेला

विराटनगर । मोरङमा दुई जना पुरुष मृत फेला परेका छन् । ग्रामथानको पैनीमा धनपालथान गाउँपालिका-५ का ५६ वर्षीय दुर्गाप्रसाद खवास मृत भेटिएका हुन् । ग्रामथान गाउँपालिका-७ साधुटोलस्थित पैनीमा आज उनलाई मृत फेला पारिएको प्रहरीले जनाएको छ । यस्तै उर्लाबारी नगरपालिका-१ बस्ने ४२ वर्षीय मनकुमार तामाङ मृत फेला परेका छन् । उनलाई मिक्लाजुङ गाउँपालिका-६ कत्लेस्थित सडक छेउ मृत फेला पारिएको प्रहरीले जनाएको छ । ...
विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

विराटनगर । विराटनगर-५ पुल्चोकबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको देवानगन्ज गाउँपालिका-२ का १९ वर्षीय विकाश कुमार यादव र भारतको बिहार भवानीपुरका १९ वर्षीय कृष्णकुमार मेहता छन् । बीआर ५० एडी ०२२७ नम्बरको स्कुटरमा बसिरहेका उनीहरूलाई शंका लागेर चेकजाँच गर्दा ५३.१७ ग्राम ब्राउन सुगर फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् । पक...
यातायात कार्यालय विराटनगरमा सेवाग्राहीको भीड, राजश्व सङ्कलन बढ्यो

यातायात कार्यालय विराटनगरमा सेवाग्राहीको भीड, राजश्व सङ्कलन बढ्यो

विराटनगर । यातायात व्यवस्था कार्यालय विराटनगरमा राजश्व सङ्कलनमा वृद्धि भएको छ । जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था कार्यालय इटहरीमा आगजनी भएपछि विराटनगरमा सेवाग्राहीको चाप बढ्दा राजश्व सङ्कलनमा वृद्धि भएको हो । खार्जीस्थित यातायात कार्यालयमा दैनिक राजश्व बुझाउन आउनेको अत्यधिक भिड लाग्ने गरेको छ । राजस्व तिर्न घण्टौँसम्म लाइनमा बस्नुपरेको सेवाग्राहीले गुनासो गरेका छन् । विराटनगर-११ का विमल...
धनकुटामा आजबाट वाडाङ्मेट कोप्चे फेस्टिभल 

धनकुटामा आजबाट वाडाङ्मेट कोप्चे फेस्टिभल 

धनकुटा । धनकुटा नगरपालिका-५ स्थित बिहीबारे हटियामा वाडाङ्मेट कोप्चे फेस्टिभल हुने भएको छ । धनकुटा नगरपालिका, आठपहरिया समुदाय र कोप्चे पुनः जागरण अभियानको संयुक्त आयोजनामा आजबाट फेस्टिभल सुरु हुन लागेको हो । मौलिक कला, संस्कृति संरक्षण र स्थानीय पर्यटन प्रवर्द्धनका लागि फेस्टिभल गर्न लागिएको हो । नेपाल पर्यटन बोर्ड र सामुदायिक घरबास कार्यक्रमले फेस्टिभलमा सहयोग गर्ने जनाइएको छ । फेस्टिभलमा स्था...
धनकुटाको करदाता कार्यालय नहटाउन माग गर्दै वाणिज्य संघले बुझायो ज्ञापनपत्र

धनकुटाको करदाता कार्यालय नहटाउन माग गर्दै वाणिज्य संघले बुझायो ज्ञापनपत्र

धनकुटा । धनकुटाको करदाता सेवा कार्यालय नहटाउन माग गर्दै उद्योग वाणिज्य संघले ज्ञापन पत्र बुझाएको छ । सरकारले हालसालै गरेको निर्णय अनुसार कार्यालय हटाउने प्रक्रिया सुरु भइसकेको जानकारी प्राप्त भएको भन्दै संघले ज्ञापन पत्र बुझाएको हो । सो प्रक्रियालाई तत्कालै रोक्नुपर्ने माग गर्दै वाणिज्य संघले आज धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्का मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ...
मोरङको जहदामा एम्बुलेन्सभित्र भेटियो ३३ किलो गाँजा, दुई जना पक्राउ

मोरङको जहदामा एम्बुलेन्सभित्र भेटियो ३३ किलो गाँजा, दुई जना पक्राउ

विराटनगर । मोरङको जहदा गाउँपालिका-३ बाट एम्बुलेन्समा गाँजा ओसार-पसार गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार राति बिशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा एम्बुलेन्सबाट गाँजा बरामद गरेको हो । एम्बुलेन्स चालक विराटनगर-५ का ३२ वर्षीय दुर्गाप्रसाद राजवंशी र एम्बुलेन्ससँगै रहेको को ३१ प ८८८९ नम्बरको मोटरसाइकल चालक जहदा गाउँपालिका-३ का ३२ वर्षीय दिलिप कुमार राजवंशीला...
विराटनगरमा सफारी चालकलाई रिफ्लेक्सन ज्याकेट वितरण 

विराटनगरमा सफारी चालकलाई रिफ्लेक्सन ज्याकेट वितरण 

विराटनगर । विराटनगरका सफारी चालकलाई रिफ्लेक्सन ज्याकेट वितरण गरिएको छ । विराटनगर जेसीजले ‘जेसीज सप्ताह-२०२५’ अन्तर्गत नोबेल अस्पताल गेट अगाडि सफारी चालकहरूलाई रिफ्लेक्सन ज्याकेट वितरण गरेको हो । बढ्दो सवारी चाप र दुर्घटना न्यूनीकरणका लागि स्थानीय नागरिकको सक्रियता आवश्यक रहेको जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख सन्तोष न्यौपानेले बताए । विराटनगर जेसीजका पूर्वअध्यक्ष सेवक बजगाईंले जेसीजले सदै...
जेनजी आन्दोलनमा लुटिएको हतियार झाडीमा भेटियो

जेनजी आन्दोलनमा लुटिएको हतियार झाडीमा भेटियो

विराटनगर । झापाको बिर्तामोडमा जेनजी आन्दोलनका क्रममा लुटिएको हतियार भेटिएको छ । बिर्तामोड नगरपालिका-६ सुगम शान्ति टोलस्थित तोरीबारी नजिकको सिमल तरुलको झाडीमा बुधबार साँझ एक थान हतियार फेला परेको हो । ०३११००८७२ नम्बरको एक थान इन्सास राइफल, त्यसको म्यागजिन एक थान, नचलाएको १९ राउन्ड गोली र चलाएको २ राउन्ड गोलीको खोका समेत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हतियार गत भदौ २४ मा जेन...
धनकुटामा डेरी उद्योगको लहर, कृषकहरू उत्साहित

धनकुटामा डेरी उद्योगको लहर, कृषकहरू उत्साहित

धनकुटा । धनकुटामा डेरी उद्योग थपिन थालेका छन् । पछिल्लो समय व्यवसायी छुर्पी उत्पादन बढेसँगै डेरी उद्योग पनि थपिन थालेका हुन् । घ्यू र छुर्पीको माग बढेपछि गाउँमा उद्योग थपिएपछि रोजगारी पाउने युवाको संख्या बढ्न थालेको छ । डेरी उद्योगबाट घ्यू, चिज, पनिर र खुवा लगायत पनि उत्पादन हुँदै आएको छ । नेपालीको सेनाको जागिरबाट अवकाश भएपछि छुर्पी उत्पादनमा लागेका महालक्ष्मी नगरपालिका-१ का रामबहादुर पौडेलले आ...
धनकुटा र भोजपुरमा १० हजार बढी गाँजाका बोट फडानी 

धनकुटा र भोजपुरमा १० हजार बढी गाँजाका बोट फडानी 

विराटनगर । धनकुटा र भोजपुरका विभिन्न स्थानमा अवैधरूपमा रोपिएको तथा प्राकृतिक रूपमा उम्रिएका गाँजाका बोट फडानी गरेर नष्ट गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तरतग गाँजाका बोट नष्ट गरिएको हो । धनकुटाको सहिदभूमि गाउँपालिका-२ का विभिन्न स्थानबाट प्रहरीले ९ हजार ५ सय गाँजाका बोटहरू फडानी गरी जलाएर नष्ट गरेको छ । यसैगरी भोजपुरको हतुवागढी गाउँपालिकाको बिभिन्...
पाख्रीबासको राम्चेडाँडा पर्यटकीय गन्तव्य बन्दै (फोटो फिचर)

पाख्रीबासको राम्चेडाँडा पर्यटकीय गन्तव्य बन्दै (फोटो फिचर)

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-७ मा अवस्थित राम्चेडाँडा पर्यटकको रोजाइमा पर्न थालेको छ । पछिल्लो समय राम्चेडाँडामा आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल बढ्न थालेको छ । जिल्ला सदरमुकामबाट करिब २१ किलोमिटरको दूरीमा अवस्थित राम्चेडाँडाबाट कोशी प्रदेशका पूर्वी पहाडी जिल्लाको अवलोकन गर्न सकिन्छ । यस्तै यहाँबाट तराईका समथर फाट समेत देखिन्छन् । अरुण उपत्यका, मकालु र गौरीशङ्कर हिमालसँगै यस स्थान...
छथर जोरपाटीका अध्यक्षको गाडीले निष्कासित कर्मचारीलाई दियो ठक्कर, एमालेद्वारा घोर भर्त्सना

छथर जोरपाटीका अध्यक्षको गाडीले निष्कासित कर्मचारीलाई दियो ठक्कर, एमालेद्वारा घोर भर्त्सना

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका अध्यक्ष छत्र सुब्बा सवार गाडीले ठक्कर दिँदा दुई निस्कासन गरिएका कर्मचारी घाइते भएका छन् । नेकपा एमाले छथर जोरपाटी गाउँ कमिटीले सोमबार विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति घोर आपत्ति जनाएको छ । कात्तिक १७ गते सोमबार निस्कासनमा परेका कर्मचारीहरूले भेटवार्ताका लागि अध्यक्षसँग समय मागी कार्यालय परिसरमा जम्मा भएका थिए । तर अध्यक्ष सुब्बाले उनीहरूलाई भेट्ने समय...
वर्षाका कारण धनकुटामा ४१ करोड बढीको अन्नबालीमा क्षति

वर्षाका कारण धनकुटामा ४१ करोड बढीको अन्नबालीमा क्षति

धनकुटा । चक्रवात ‘मोन्था’ को प्रभावका कारण केही दिनअघि परेको अविरल वर्षाका कारण धनकुटामा ४१ करोड बढीको अन्नबालीमा क्षति पुगेको छ । कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार धान र कोदो बालीमा करिब ४१ करोड ६८ लाख बराबरको क्षति पुगेको हो । कात्तिक १२ देखि १६ गतेसम्म परेको अविरल वर्षाका कारण जिल्लामा ठूलो क्षति पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ । २ हजार ५ सय ९५ दशमलव ६ हेक्टर क्षेत्रफलमा लगाइएको १२ हजा...
झापामा एमालेको मोटरसाइकल र्‍याली

झापामा एमालेको मोटरसाइकल र्‍याली

झापा । झापामा नेकपा एमालेले मोटरसाइकल र्‍याली निकालेको छ । एमाले अर्जुनधारा नगर कमिटीले आज वृहत मोटरसाइकल र्‍याली निकालेको हो । बिर्तामोडको महानन्द चोकबाट सुरु भएको मोटरसाइकल र्‍याली नारायणथान, खुदुनाबारी हुँदै बजारका विभिन्न स्थानको परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो । कार्यक्रममा सहभागीहरूले आगामी राजनीतिक तथा सामाजिक अभियानमा युवाको नेतृत्व र सहभागिता आवश्यकता रहेकोमा जोड दिएका थिए । ने...
असोजको बाढीपहिरोले इलाममा १२ अर्बको क्षति 

असोजको बाढीपहिरोले इलाममा १२ अर्बको क्षति 

इलाम । गत असोज १८ र १९ मा आएको भारी वर्षापछिको बाढीपहिरोले इलाममा करिब १२ अर्बको क्षति भएको छ । विभिन्न सडक, पुल, भवन, खानेपानी, सिँचाइ, पशुपन्छी, कृषिजन्य क्षेत्रमा ११ अर्ब ८१ करोड ७९ लाख ८५ हजार बराबरको क्षति भएको हो । जिल्ला प्रशासन कार्यालयले सडक डिभिजन, पूर्वाधार विकास कार्यालय, नेपाल विद्युत प्राधिकरण, जलस्रोत तथा सिँचाइ डिभिजनसहित सम्बन्धित ११ वटा विषयगत कार्यालयबाट क्षतिको प्रारम्भिक वि...
काँकरभिट्टाबाट तीन अर्ब ३६ करोड बढीको कृषिउपज निर्यात

काँकरभिट्टाबाट तीन अर्ब ३६ करोड बढीको कृषिउपज निर्यात

झापा । काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा तीन अर्ब ३६ करोड ७८ लाख ६० हजार बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका अनुसार सो मूल्य बराबरको अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायतका वस्तु निर्यात भएको हो । तीन महिनामा सबैभन्दा धेरै अलैँची एक अर्ब ५१ करोड ८१ लाख, चिया ७५ करोड ६६ लाख, प्लाइउड २७ करोड ७४ लाख, भेनियर २७ करोड २८ लाख र अम्लिसो १९ करोड ५९...
मोरङको जहदा गाउँपालिकाले रद्द गर्यो करार तथा ज्यालादारी कर्मचारीको सम्झौता 

मोरङको जहदा गाउँपालिकाले रद्द गर्यो करार तथा ज्यालादारी कर्मचारीको सम्झौता 

विराटनगर । मोरङको जहदा गाउँपालिकाले करार तथा ज्यालादारी कर्मचारीको सम्झौता रद्द गरेको छ । गाउँपालिकाले दरबन्दी बाहेकका २० जना करार तथा ज्यालादारी कर्मचारीको सम्झौता रद्द गरेको हो । गाउँपालिकाका अनुसार करार दरबन्दी र करार तथा ज्यालादारीसहित ६६ कर्मचारी कार्यरत रहेकामा २० जानको सम्झौता कात्तिक १६ गतेदेखि रद्द गरिएको गाउँपालिकाले जनाएको छ  । जेनजी आन्दोलनपछि नेपाल सरकारले गरेको निर्णय अनुसार गाउँ...
कोशीका चार जिल्लाबाट लागूऔषधसहित सात जना पक्राउ

कोशीका चार जिल्लाबाट लागूऔषधसहित सात जना पक्राउ

विराटनगर । कोशीका चार जिल्लाबाट लागूऔषधसहित सात जना पक्राउ परेका छन् । झापा, मोरङ, सुनसरी र उदयपुरबाट प्रतिबन्धित लागूऔषधसहित उनीहरू पक्राउ परेका हुन् । झापाको मेचीनगर नगरपालिका-६ बाट लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले नुवाकोटका २७ वर्षीय रामबहादुर तामाङलाई १७ ग्राम दुई सय मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ । यस्तै सुनसरीको कोशी गाउँपालिका-१ बाट धादिङका ३...
error: Content is protected !!