आज अनुगमन गरिएका विराटनगरका ४ पेट्रोल पम्पमा भेटिएन कैफियत
विराटनगर । उपभोक्ताको गुनासोपछि विराटनगरका पेट्रोल पम्पमा अनुगमन तीव्र पारिएको छ । सोही क्रममा आज विराटनगरका ४ वटा पेट्रोल पम्पमा अनुगमन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा भएको अनुगमनमा गुणस्तर तथा नापतौल कार्यालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता कार्यालय लगायतका प्रतिनिधि सहभागि थिए ।
संयुक्त अनुगमन टोलीले पञ्जाबी पेट्रोल पम्प, रघुनाथ राय राधाकृष्ण पेट्रोल पम्प, सुनसरी ट्रेडिङ...






























