धनकुटाको खाल्सा क्षेत्रमा पापानी पर्वको रौनक
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रमा बसोवास गर्ने किरात राई जातिको पापानी चाड सुरु भएको छ । किराती राईहरूले नयाँ बाली भित्र्याएको खुशियालीमा पापानी चाड मनाउने गरेका छन् ।
कात्तिक शुक्ल पूर्णिमापछिको पहिलो मंगलबार सहिदभूमि गाउँपालिका-३ स्थित साकेन्वा थानमा जम्मा भएर पूजा गरेपछि पापानी चाड सुरु हुन्छ । पापानी चाडमा ढोल नाच साथै बाजागाजासहित रमाइलो गर्दै इष्टदेवताको पूजाआराधना ...





























