मनमोहन विश्वविद्यालयमा आदर्श नेताको स्मरण
विराटनगर । पहिलो कम्युनिष्ट प्रधानमन्त्री तथा आदर्शवादी नेता स्वर्गीय मनमोहन अधिकारीको योगदानको स्मरण गरिएको छ । उनकै नाममा स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयमा आज आयोजित कार्यक्रममा स्मरण गरिएको हो ।
मोरङको बुढीगंगा–४ हात्तीमुढास्थित विश्वविद्यालयले मनमोहनको १०४औँ जन्मजयन्तीको अवसरमा स्मृति सभा आयोजना गरेको हो । त्यस अवसरमा सहभागी वक्ताहरुले अधिकारी सदाचारी नेता भएको उल्लेख गर्दै शिक्षा र ...






























