धनकुटामा संसद् विघटनको विरोधमा जनता समाजवादीले गर्यो प्रदर्शन

धनकुटामा संसद् विघटनको विरोधमा जनता समाजवादीले गर्यो प्रदर्शन

धनकुटा । संसद् विघटनको विरोधमा जनता समाजवादी पार्टीले धनकुटामा विरोध प्रदर्शन गरेको छ । असंवैधानिक रुपमा संसद् विघटन गरिएको भन्दै समाजवादीका नेता कार्यकर्ताले जिल्ला सदरमुकाममा विरोध जुलुश प्रदर्शन गरेका हुन् । कालो व्यानरसहित प्लेकार्ड र झण्डा बोकेर निश्किएका नेता कार्यकर्ताले सरकारको कदम विरुद्ध नारावाजी गरेका छन् । बसपार्कस्थित पार्टी कार्यालयबाट सुरु भएको जुलुश बीचबजार, भीमसेनथान, भीमनारायण...
धनकुटाका क्यान्सरपीडितलाई कतारबाट सहयोग

धनकुटाका क्यान्सरपीडितलाई कतारबाट सहयोग

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–५ स्थित बज्रमाईका क्यान्सरपीडित जुद्धबहादुर खड्काको उपचारका लागि कतारमा रहेका नेपालीहरुले ४० हजार आर्थिक सहयोग गरेका छन् । बैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका धनकुटेलीहरुले आर्थिक सहयोग संकलन गरी क्यान्सरपीडित खड्काको उपचारमा सहयोग गरेका हुन् । कतारमा रहेका फणिन्द्र बस्नेत, किशोर बस्नेत, डालेश्वर ढुंगाना लगायतले त्यहाँ रहेका नेपालीहरुबाट सहयोग संकलन गरेर...
मोरङबाट लागुऔषधसहित तीन जना पक्राउ

मोरङबाट लागुऔषधसहित तीन जना पक्राउ

मोरङ । मोरङका दुई स्थानबाट लागुऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लागुऔषधसहित मोरङको रतुवामाई नगरपालिका–२ बाट दुई जना र बिराटनगर महानगरपलिका–१६ बाट एक जना पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले मंगलवार साँझ रतुवामाई–२ डोरीयाबाट उर्लावारी नगरपालिका–७ का ३० बर्षीय नयन काजी राई र रतुवामाई–५ का २१ बर्षीय धिरज पोखरेललाई पक्राउ गरेको हो । उनीहरुको साथबाट नाईट्राभे...
प्रदेश १ मा ५८ कोरोना संक्रमित थपिए, सय डिस्चार्ज

प्रदेश १ मा ५८ कोरोना संक्रमित थपिए, सय डिस्चार्ज

विराटनगर । प्रदेश १ मा मंगलबार ५८ जना कारोनो संक्रमित थपिएका छन् । मोरङमा ३३, सुनसरीमा १८, झापामा ३, उदयपुर र तेह्रथुममा २/२ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा २३, बुढीगंगामा ४, बेलबारी, कानेपोखरी, रंगेली, धनपालथान, कटहरी र सुनबर्षीमा १/१ जनामा संक्रमण देखिएको छ । त्यस्तै सुनसरीको धरानमा ११, इटहरीमा ३, इनरुवा, गढी, दुहवी र रामधुनीमा १/१...
नोबेलको पार्किङबाट हराएको मोटरसाईकल भेटियो, चोरी आरोपमा चार जना पक्राउ

नोबेलको पार्किङबाट हराएको मोटरसाईकल भेटियो, चोरी आरोपमा चार जना पक्राउ

मोरङ । विराटनगरबाट चोरी भएको मोटरसाईकलसहित चार जना पक्राउ परेका छन् । मोटरसाईकल चोरेको आरोपमा बिराटनगर–४ का २० बर्षीय बिबेक थान्दार र अमन थान्दार, बुढिगंगा गाउँपालिका–२ का २० बर्षीय पुजन थान्दार र दुहवी नगरपालिका–१० का २० बर्षीय नगेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । नोबेल शिक्षण अस्पतालको पार्किङ एरियाबाट आईतबार को.३९ प.२४४२ नम्बरको मोटरसाईकल हराएको थियो । हराएको मोटरसाईकल खाजी गर्ने क्र...
धरानबाट पेस्तोलसहित दुई जना पक्राउ

धरानबाट पेस्तोलसहित दुई जना पक्राउ

धरान । धरानबाट पेस्तोलसहित प्रहरीले दुई जनालाई पक्राउ परेको छ । पेस्तोलसहित धरान उप–महानगरपालिका–१५ सयपत्री मार्गका २७ बर्षीय देवी बहादुर लिम्बू र महादेव चौकका २६ बर्षीय रन्सुर राईलाई प्रहरीले पक्राउ गरेको हो । अबैध रुपमा हातहतियार लुकाई राखेको सूचनाका आधारमा सोमबार दिउँसो खटिएको प्रहरी टोलीले देवी बहादुरकको घरको कोठा खानतालासी गर्दा सुत्ने लोवेडको घर्राभित्र लुकाई राखेको अवस्थामा मेड ईन यूयसए ...
झापामा आगो ताप्ने क्रममा जलेर महिलाको मृत्यु

झापामा आगो ताप्ने क्रममा जलेर महिलाको मृत्यु

झापा । झापामा आगो ताप्ने क्रममा जलेर महिलाको मृत्यु भएको छ । आगो ताप्ने क्रममा जल्दा बिर्तामोड नगरपालिका–२ की २५ बर्षीया बनिता शर्माको मृत्यु भएको हो । घर अगाडि आगो तापेर बसिरहेकी शर्मा सोमवार बेलुका साढे ६ बजे जलेको अवस्थामा मृत भेटिएकी थिईन् । ईलाका प्रहरी कार्यालय अनारमनीले घटनाका विषयमा थप अनुसन्धान गरिरहेको छ ।
नोबेलमा एमबीबीएस अध्ययन पुरा गर्ने विद्यार्थीलाई गरियो विदाई

नोबेलमा एमबीबीएस अध्ययन पुरा गर्ने विद्यार्थीलाई गरियो विदाई

बिराटनगर । बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबीबीएस अध्ययन पुरा गरेका विद्यार्थीलाई विदाई गरिएको छ । एमबीबीएस १० औं व्याचका विद्यार्थीले कार्यक्रम आयोजना गरी एमबीबीएस अध्ययन पुरा गरेका ९ औं व्याचका विद्यार्थीलाई विदाई गरेका हुन् । सन् २०१४ मा भर्ना भएर एमबीबीएस अध्ययन पुरा गरेका १ सय ५० जना विद्यार्थीहरुलाई खादा र मायाँको चिनो प्रदान गरी विदाई गरिएको हो । सो अवसरमा बोल्दै नोेबेल मेडिकल कलेजका...
प्रदेश १ मा थपिए ८८ कोरोना संक्रमित, २७६ डिस्चार्ज

प्रदेश १ मा थपिए ८८ कोरोना संक्रमित, २७६ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा सोमबार ८८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५२, सुनसरीमा १९, झापामा ८, संखुवासभामा ३, इलाममा २, भोजपुर, उदयपुर, पाँचथर र ताप्लेजुङमा १/१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा २७, सुन्दरहरैंचामा ६, बेलबारीमा ४, बुढीगंगामा ३, ग्रामथान, लेटाङ, कटहरी, उर्लाबारीमा २/२, केराबरी, रंगेली, रतुवामाई र स्थानीय तह नखुलेका ...
झापामा रुखबाट लड्दा एक जनाको मृत्यु

झापामा रुखबाट लड्दा एक जनाको मृत्यु

झापा । झापाको बाह्रदशी–५ मा रुखबाट लडेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय ६८ बर्षीय प्रेम कुमार कन्दङ्वा लिम्बु छन् । बिहान करिब ९ बजे कुटमेरोको रुखमा चढेर घाँस झार्ने क्रममा लड्दा उनी बेहोस भएका थिए । उपचारका लागि विर्तामोडस्थित वीएण्डसी अस्पताल पुर्याईएका उनको विहान करिब १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
धनकुटामा कार्यकर्तालाई नेकपाको अपिल: संयमित बनेर धैर्यधारण गरौं

धनकुटामा कार्यकर्तालाई नेकपाको अपिल: संयमित बनेर धैर्यधारण गरौं

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले केन्द्रमा भईरहेको राजनीतिक घटनाक्रमका कारण बिचल्लीत नहुँन जिल्लाका नेता, कार्यकर्तालाई आग्रह गरेको छ । जिल्ला पार्टी कार्यालय सिरवानीमा आज पत्रकार सम्मेलन गर्दै नेकपाले यस्तो आग्रह गरेको हो । पत्रकार सम्मेलनमा अध्यक्ष राजेन्द्र राईले अहिलेको अवस्थामा धैर्यधारण गर्ने र पार्टीलाई एकतावद्ध बनाएर अघि जानुको विकल्प नभएको बताए । संघीय ससद् विघटन भएको...
प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा जुटे भोजपुरका स्थानीय

प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा जुटे भोजपुरका स्थानीय

भोजपुर । प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा भोजपुर टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका स्थानीयबासी जुटेका छन् । उनीहरुले स्थानीयस्तरमा पाईने कच्चा पदार्थ प्रयोग गरेर भुकान अर्थात फोहोर फाल्ने टोकरी निर्माण गरेर घर–घरमा तथा सार्वजनिक स्थलमा राख्न थालेका हुन् । फोहोर तथा प्लास्टिकजन्य फोहोर व्यवस्थापन गर्न भुकानलाई स्थानीयस्तरमा पाईने बाँस, निगालो, मालिंगो लगायत प्रयोग गरेर निर्माण गर्दै आएको संघ १८ ...
धनकुटामा प्रधानमन्त्रीको पुत्ला दहन, संसद विघटनको बिरोधमा प्रदर्शन

धनकुटामा प्रधानमन्त्रीको पुत्ला दहन, संसद विघटनको बिरोधमा प्रदर्शन

धनकुटा । संसद् विघटनको विरोधमा आईतबार साँझ धनकुटामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले मदनचौकमा प्रधानमन्त्री ओलीको पुत्ला जलाएको हो । नेपाल विद्यार्थी संघ धनकुटा बहुमुखी क्याम्पस ईकाई समितिको अगुवाईमा निस्किएका विद्यार्थीहरुले प्रधानमन्त्री ओलीविरुद्ध नारा लगाउँदै पुत्ला जलाएका हुन् । संसद् विघटनको विरोधमा उनीहरुले मसाल जुलुशसमेत प्...
प्रदेश १ मा थपिए ३३ कोरोना संक्रमित, ६० डिस्चार्ज

प्रदेश १ मा थपिए ३३ कोरोना संक्रमित, ६० डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आईतबार ३३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६, इलाममा ७, झापामा ५, सुनसरी र संखुवासभामा २/२ र ओखलढुङ्गामा १ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ८, पथरीशनिश्चरेमा ३, बुढीगंगामा २, सुनबर्षी, कटहरी र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण देखिएको छ । त्यस्तै इलामको इलाम नगरपालिकामा ७, झापाको दमकमा २, शिवसताक्...
बिराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ

बिराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ

मोरङ । बिराटनगर महानगरपालिका–१५ बाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको सुन्दरहरैंचा नगरपालिकाका १९ बर्षीय रिजन राईलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले डाएजेल्याव–९ एम्पुल, एभिल–६ एम्पुल र लुपिगेसिक–१० एम्पुल बरामद गरेको छ । पक्राउ परेका राईका विषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
बिराटनगरमा आगोले जलेर एक जनाको मृत्यु, दुई घाईते

बिराटनगरमा आगोले जलेर एक जनाको मृत्यु, दुई घाईते

मोरङ । बिराटनगर महानगरपालिका–१४ झट्याईस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाईते छन् । आज विहान करिव १२ बजे बाँसको टाटीको गाह्रो र टिनको छाना भएको राजेश तत्माको घरमा आगलागी हुँदा तत्माका १४ बर्षीय छोरा रविनको मृत्यु भएको हो । घरमा आगलागी हुँदा जलेर तत्माकी श्रीमती ३२ बर्षीया ईन्दु देवी र ७ बर्षीय छोरा किशन कुमार घाईते भएका छन् । घाईते दुबै जनाको कोशी अस्पतालमा उपचार भईरहे...
उदयपुरमा बाल विवाह गर्ने बेहुला–बेहुलीसहित छ जना पक्राउ

उदयपुरमा बाल विवाह गर्ने बेहुला–बेहुलीसहित छ जना पक्राउ

उदयपुर । उदयपुरमा बालबिबाह गरेको आरोपमा दुई जोडी बेहुला–बेहुलीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाल विवाह गरेको आरोपमा त्रियुगा नगरपालिका–३ भुल्केका पुष्प कोईरालाका २३ बर्षीय छोरा अश्विन र ताप्ली गाउँपालिका–५ आदमाराका खेचरबहादुर खड्काकी १७ बर्षीया छोरी गोमालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर १९ गते राधा खड्काको घरमा उनीहरुको विवाह भएको थियो । बाल बिबाह भएको जानकारी आएपछि प्रहरीले बेहुला–ब...
धनकुटामा हराएका र चोरी भएका ९ वटा मोवाईल खोजेर प्रहरीले गर्दियो फिर्ता

धनकुटामा हराएका र चोरी भएका ९ वटा मोवाईल खोजेर प्रहरीले गर्दियो फिर्ता

धनकुटा । बिभिन्न स्थानबाट हराएका र चोरी भएका ९ वटा मोवाईल फेला परेर जिल्ला प्रहरी कार्यालयले सम्बन्धित धनीलाई फिर्ता दिएको छ । सम्बन्धित मोवाईल धनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर मोवाईल फिर्ता दिईएको हो । मोवाईल फिर्ता पाउँनेमा धनकुटा–७ का फुलमाया शेर्पा, प्रितिका राई, गणेश श्रेष्ठ, प्रदिप राई, धनकुटा–८ का डिकराम राई, पाख्रीबास–५ का बिमनसिंह तामाङ, पाख्रीबास–८ का प्रकाश तामाङ, धनकुटाका स...
प्रदेश १ मा थपिए ६० कोरोना संक्रमित, ६७० डिस्चार्ज

प्रदेश १ मा थपिए ६० कोरोना संक्रमित, ६७० डिस्चार्ज

विराटनगर । प्रदेश १ मा शनिबार ६० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २१, झापामा १९, सुनसरीमा १७, इलाममा २ र संखुवासभामा १ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १२, सुन्दरहरैंचामा ४, पथरीशनिश्चरेमा २, रतुवामाई, केराबारी र ग्रामथानमा १/१ जनामा संक्रमण देखिएको छ । त्यस्तै झापाको विर्तामोडमा ८, दमकमा ४, शिवसताक्षीमा ३, मेचीनगर, कचनकवल, बुद...
इलामका छ हजारभन्दा बढी सुकु्म्बासीलाई लालपुर्जा दिईने

इलामका छ हजारभन्दा बढी सुकु्म्बासीलाई लालपुर्जा दिईने

इलाम । लामो समयदेखि बसोबास गर्दै आएका सुकुम्वासीलाई प्रदेश नं १ सरकारले लालपुर्जा वितरण गर्ने भएको छ । इलामको माई नगरपालिका र माङ्सेबुङ गाउँपालिकाका छ हजार ५ सय १५ घरपरिवारलाई पहिलो चरणमा लालपुर्जा प्रदान गर्न लागिएको हो । प्रदेश सरकारले प्रदेश नं १ का ३० स्थानीय तहका एक लाख सुकुम्वासी नागरिकलाई लालपुर्जा वितरण गर्नेछ । यसका लागि प्रक्रिया अघि बढेको भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देव...
प्रदेश १ का १८ स्थानीय तहमा युवा लक्षित स्किम बैंक कार्यक्रम सञ्चालन गरिने

प्रदेश १ का १८ स्थानीय तहमा युवा लक्षित स्किम बैंक कार्यक्रम सञ्चालन गरिने

विराटनगर । प्रदेश १ सरकारले ९ जिल्लाका १८ वटा स्थानीय तहमा स्किम बैंक कार्यक्रम सञ्चालन गर्ने भएको छ । व्यवसाय गर्ने सोच भएका युवाहरुलाई लक्षित गरी स्वरोजगार तथा रोजगार सिर्जना गर्ने उद्देश्यसहित मन्त्रालयले स्किम बैंक सञ्चालनको तयारी गरेको हो । कार्यक्रम सञ्चालनका लागि नमूनाका रुपमा धनकुटाको महालक्ष्मी र धनकुटा नगरपालिका, सुनसरीको दुहवी र बराहक्षेत्र, मोरङको कटहरी र मिक्लाजुङ, झापाको कन्काई र ...
प्रदेश १ मा थपिए ३६ कोरोना संक्रमित, १४३ डिस्चार्ज

प्रदेश १ मा थपिए ३६ कोरोना संक्रमित, १४३ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा शुक्रबार ३६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १४, मोरङमा १२, झापामा ६, ताप्लेजुङमा २, संखुवासभा र खोटाङमा १/१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ७, धरानमा ५ र रामधुनीमा २ जनामा संक्रमण देखिएको छ । त्यस्तै मोरङको विराटनगरमा ५, केराबारी र ग्रामथानमा २/२, उर्लाबारी, लेटाङ र स्थानीय तह नखुलेका १/१, झापाको विर्त...
भोजपुरमा थालियो तितेपाती खेती

भोजपुरमा थालियो तितेपाती खेती

भोजपुर । भोजपुरमा भुवादार जापानी तितेपातीको व्यवसायीक खेती थालिएको छ । प्रयोगविहिन जमिनलाई सदुपयोग गर्दै थोरै लगानीमा राम्रो आम्दानी लिन सकिने भएकाले अरुण गाउँपालिका–४ चरम्वी र्याङका दुई युवाले जिल्लामै पहिलो पटक तितेपातीको व्यवसायीक खेती थालेका हुन् । छोटो समयमा उत्पादन हुने तथा विभिन्न जडीबुटीका लागि बजार माग राम्रो भएकाले तितेपाती खेती थालिएको युवाहरु बताउँछन् । उनीहरुले संखुवासभाबाट विरुवा ...
धनकुटाका ९२ वर्षीय ‘लेखनदास अजा’ सम्मानित

धनकुटाका ९२ वर्षीय ‘लेखनदास अजा’ सम्मानित

धनकुटा । धनकुटा नगरपालिका–६ सिरान वजारका ९२ वर्षीय पूर्व लेखापढी व्यवसायी चन्द्रभगत श्रेष्ठ सम्मानित भएका छन् । लेखनदास अजा भनेर चिनिने श्रेष्ठलाई नेपाल लेखापढी कानुन् व्यवसायी एशोसिएसन धनकुटाले विहिवार सम्मान गरेको हो । मालपोत कार्यालयका प्रमुख यादव प्रसाद आचार्यले उनलाई दोसल्ला, माला, खदा र सम्मान पत्र प्रदान गरेर सम्मानित गरे । कार्यक्रममा नापी कार्यालयका प्रमुख मिथिलेस यादव, उच्च अदालत वार ...
प्रदेश १ मा थपिए ४६ कोरोना संक्रमित, २२३ डिस्चार्ज

प्रदेश १ मा थपिए ४६ कोरोना संक्रमित, २२३ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा विहिबार ४६ जना कोरोना संक्रमित थपिएका छन् । ४ सय ६७ जनाको पीसीआर परीक्षण गर्दा ४६ जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङमा १९, झापामा १५, सुनसरीमा ११ र संखुवासभामा १ जना संक्रमित थपिएका हुन् । मोरङको विराटनगरमा १५, जहदामा २, बुढीगंगा र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण देखिएको हो । त्यस्तै झापाको दमकमा १०, कमल गाउँपालिकामा २, गौरादह, कनका...
बिराटनगरबाट खैरो हेरोईनसहित तीन जना पक्राउ

बिराटनगरबाट खैरो हेरोईनसहित तीन जना पक्राउ

बिराटनगर । मोरङको विराटनगरका दुई भिन्न स्थानबाट खैरो हेरोईनसहित तीन जना पक्राउ परेका छन् । बुधबार साँझ बिराटनगर–१६ स्थित दरैयाबाट प्रहरीले भारतको बिहार अररिया जोगबनी–९ का ३२ बर्षीय सुरजेश कुमार राय र १३ बर्षीय मोहम्मद आशिक मियालाई पक्राउ गरेको हो । बिशेष सुराकीका आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट ५ ग्राम खैरो हेरोईन...
धनकुटाको महालक्ष्मीका ८७ विद्यार्थीलाई शैक्षिक र स्वास्थ्य सामाग्री प्रदान

धनकुटाको महालक्ष्मीका ८७ विद्यार्थीलाई शैक्षिक र स्वास्थ्य सामाग्री प्रदान

धनकुटा । जापान नेपाल मैत्री परिषद्ले धनकुटाको महालक्ष्मी नगरपालिकाका चार विद्यालयका ८७ जना विद्यार्थीलाई शैक्षिक र स्वास्थ्य सामाग्री प्रदान गरेको छ। महालक्ष्मी–९ स्थित राम माध्यमिक विद्यालय, सिंहदेवी माध्यमिक विद्यालय, मुर्तीमहेश्वर माध्यमिक विद्यालय र महालक्ष्मी–८ स्थित रामवेनी आधारभूत विद्यालयका छात्र–छात्रालाई सामाग्री प्रदान गरिएको हो । राम माध्यमिक विद्यालयको ६४ औं बार्षिकोत्सवको अवसरमा ब...
प्रदेश १ मा थपिए ५० कोरोना संक्रमित, ११२ डिस्चार्ज

प्रदेश १ मा थपिए ५० कोरोना संक्रमित, ११२ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा बुधबार ५० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २१, सुनसरीमा १७, झापामा १०, पाँचथर र इलाममा १/१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १३, उर्लाबारीमा ३, सुन्दरहरैंचा र बेलबारीमा २/२ र बुढीगंगामा १ जनामा संक्रमण देखिएको छ । त्यस्तै सुनसरीको इटहरीमा ६, बराहक्षेत्रमा ३, धरान, इनरुवा र भोक्राहा नरसिंहमा २/२, कोशी र दुहवीमा १/१, झापाको दम...
सुनसरीबाट गाँजासहित एक जना पक्राउ

सुनसरीबाट गाँजासहित एक जना पक्राउ

सुनसरी । सुनसरीको दुहवी नगरपालिका–९ मुसहरी टोलबाट गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ५८ बर्षीय पुष्षलाल ऋषिदेव छन् । ऋषिदेवले आफ्नै घरमा गाँजा राखेर बेच्ने गरेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको टोलीले एक केजी गाँजासहित उनलाई पक्राउ गरेको हो । गाँजासहित पक्राउ परेका उनको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
बिराटनगरमा खाना पकाउने ग्याँसको कालोबजारी गर्ने एक जना पक्राउ

बिराटनगरमा खाना पकाउने ग्याँसको कालोबजारी गर्ने एक जना पक्राउ

सांकेतिक तस्वीर बिराटनगर । बिराटनगरमा खाना पकाउने ग्याँसको कालोबजारी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका–१४ मलाहा रोडमा फोटोकपी तथा ग्याँस पसल चलाउँदै आएका मनिष यादवलाई ग्याँसको कालोबजारी गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । यादवले एउटा सिलिण्डरमा रहेको ग्याँस अर्को सिलिण्डरमा सारेर ग्याँसको तौल कम गरी बिक्री गर्ने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोर...
तेह्रथुममा भीरबाट लड्दा एक जनाको मृत्यु

तेह्रथुममा भीरबाट लड्दा एक जनाको मृत्यु

तेह्रथुम । तेह्रथुममा भीरबाट लड्दा एक जनाको मृत्यु भएको छ । गएराती करिव ८ बजे अर्थुङगे भीरबाट लड्दा आठराई गाउँपालिकामा–५ होडाका ५० बर्षीय बिजय कुमार राईको मृत्यु भएको हो । स्थानीय ५० बर्षीय आँखा नदेख्ने धामी केशर बहादुर राईलाई आफ्नो घरमा धामी बसाउनका लागि डोर्याएर ल्याउने क्रममा उनी अर्थुङगे भीरबाट खसेका थिए ।  करिव १०० मिटर तल खसेका राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमल...
error: Content is protected !!