संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा बुधबार ५० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २१, सुनसरीमा १७, झापामा १०, पाँचथर र इलाममा १/१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मोरङको विराटनगरमा १३, उर्लाबारीमा ३, सुन्दरहरैंचा र बेलबारीमा २/२ र बुढीगंगामा १ जनामा संक्रमण देखिएको छ । त्यस्तै सुनसरीको इटहरीमा ६, बराहक्षेत्रमा ३, धरान, इनरुवा र भोक्राहा नरसिंहमा २/२, कोशी र दुहवीमा १/१, झापाको दमक र कनकाईमा २/२, भद्रपुर, कमल, विर्तामोड, मेचीनगर, हल्दिबारी र गौरादहमा १/१ जना संक्रमित भएका छन् ।

यता, पाँचथरको कुम्वायक र इलामको सुर्योदयमा १/१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार १४० पुगेको छ । जसमध्ये २४ हजार २३ जना निको भईसकेका छन् ।

प्रदेश १ मा आज ११२ जना कोरोना संक्रमित निको भएका छन् । होम आईसोलेसनमा रहेका १०९ जना निको भएका हुन् । त्यस्तै मेची अस्पताल झापाबाट २ र विराट मेडिकल कलेजबाट १ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!