संगालोखबर सम्वाददाता

धनकुटा । संसद् विघटनको विरोधमा आईतबार साँझ धनकुटामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले मदनचौकमा प्रधानमन्त्री ओलीको पुत्ला जलाएको हो ।

Advertisement

नेपाल विद्यार्थी संघ धनकुटा बहुमुखी क्याम्पस ईकाई समितिको अगुवाईमा निस्किएका विद्यार्थीहरुले प्रधानमन्त्री ओलीविरुद्ध नारा लगाउँदै पुत्ला जलाएका हुन् । संसद् विघटनको विरोधमा उनीहरुले मसाल जुलुशसमेत प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री ओलीले आईतबार विहान बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठकको प्रस्ताव अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो संसद् विघटन गरेकी हुन् । असंवैधानिक रुपमा संसद् विघटन गरिएको भन्दै अहिले चौतर्फी विरोध भईरहेको छ ।

भिडियो…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!