संगालोखबर सम्वाददाता

धनकुटा । संसद् विघटनको विरोधमा जनता समाजवादी पार्टीले धनकुटामा विरोध प्रदर्शन गरेको छ । असंवैधानिक रुपमा संसद् विघटन गरिएको भन्दै समाजवादीका नेता कार्यकर्ताले जिल्ला सदरमुकाममा विरोध जुलुश प्रदर्शन गरेका हुन् ।

Advertisement

कालो व्यानरसहित प्लेकार्ड र झण्डा बोकेर निश्किएका नेता कार्यकर्ताले सरकारको कदम विरुद्ध नारावाजी गरेका छन् । बसपार्कस्थित पार्टी कार्यालयबाट सुरु भएको जुलुश बीचबजार, भीमसेनथान, भीमनारायण चौक हुँदै पुनः मदनचौकमा फर्किएर कोणसभा गरिएको छ ।

सभालाई संबोधन गर्दै जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं प्रदेश सांसद आरसी तुम्वा, केन्द्रिय सदस्य राजकुमार राई लगायतले प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेर तानासाही प्रवृत्ति देखाएको भन्दै बिरोध जनाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!