स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मोटरसाइकलमा आगो लाग्यो
मोरङ । मोरङको पथरी बजार नजिक आज अपरान्ह स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पूर्ववाट पश्चिमतर्फ आउँदै गरेको को १ त ९९४५ नम्बरको स्कार्पियोले मोटरसाईकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार मिक्लाजुङ गाउँपालिका–४ का ३५ बर्षीय सन्तोष लिम्बु र सोही स्थानका २८ बर्षीय सुनिल धमलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिप कुमार गिरीले संगालोखबरला...





























