संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा शुक्रबार ३६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १४, मोरङमा १२, झापामा ६, ताप्लेजुङमा २, संखुवासभा र खोटाङमा १/१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ७, धरानमा ५ र रामधुनीमा २ जनामा संक्रमण देखिएको छ । त्यस्तै मोरङको विराटनगरमा ५, केराबारी र ग्रामथानमा २/२, उर्लाबारी, लेटाङ र स्थानीय तह नखुलेका १/१, झापाको विर्तामोड र दमकमा २/२, भद्रपुर र बुद्धशान्तिमा १/१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।

यता, ताप्लेजुङको पाथीभरा याङवरक र मैंवाखोलामा १/१, संखुवासभाको खाँदबारी र खोटाङको खोटेहाङमा १/१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार २३० पुगेको छ । जसमध्ये २४ हजार ३९० जना निको भईसकेका छन् ।

प्रदेश १ मा आज १४३ जना कोरोना संक्रमित निको भएका छन् । होम आईसोलेसमा रहेका १२० जना संक्रमित निको भएका हुन् । त्यस्तै कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १६, विराट मेडिकल कलेजबाट ४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २ र न्युरो अस्पतालबाट १ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!