विराटनगर । प्रदेश १ मा मंगलबार ५८ जना कारोनो संक्रमित थपिएका छन् । मोरङमा ३३, सुनसरीमा १८, झापामा ३, उदयपुर र तेह्रथुममा २/२ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा २३, बुढीगंगामा ४, बेलबारी, कानेपोखरी, रंगेली, धनपालथान, कटहरी र सुनबर्षीमा १/१ जनामा संक्रमण देखिएको छ । त्यस्तै सुनसरीको धरानमा ११, इटहरीमा ३, इनरुवा, गढी, दुहवी र रामधुनीमा १/१, झापाको मेचीनगरमा २ र दमकमा १ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।
यता, उदयपुरको बेलका र स्थानीय तह नखुलेका १/१ साथै तेह्रथुमको म्याङलुङ र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ४८९ पुगेको छ । जसमध्ये २५ हजार ४९५ संक्रमित निको भईसकेका छन् ।
प्रदेश १ मा आज १ सय जना कोरोना संक्रमित निको भएका छन् । होम आईसोलेसनमा रहेका ९३ संक्रमित निको भएका हुन् । त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ४ र विराट मेडिकल कलेजबाट ३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।