संगालोखबर सम्बाददाता

धरान । धरानबाट पेस्तोलसहित प्रहरीले दुई जनालाई पक्राउ परेको छ । पेस्तोलसहित धरान उप–महानगरपालिका–१५ सयपत्री मार्गका २७ बर्षीय देवी बहादुर लिम्बू र महादेव चौकका २६ बर्षीय रन्सुर राईलाई प्रहरीले पक्राउ गरेको हो ।

अबैध रुपमा हातहतियार लुकाई राखेको सूचनाका आधारमा सोमबार दिउँसो खटिएको प्रहरी टोलीले देवी बहादुरकको घरको कोठा खानतालासी गर्दा सुत्ने लोवेडको घर्राभित्र लुकाई राखेको अवस्थामा मेड ईन यूयसए लेखिएको म्याग्जिनसहितको एउटा अटोमेटिक पेस्तोल र म्याग्जिन नभएको अटोमेटिक पेस्तोल बरामद गरेको छ ।

पक्राउ परेका दुबै जनाविरुद्ध जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी हातहतियार सम्बन्धी कसूरमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!