संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा नगरपालिका–६ सिरान वजारका ९२ वर्षीय पूर्व लेखापढी व्यवसायी चन्द्रभगत श्रेष्ठ सम्मानित भएका छन् । लेखनदास अजा भनेर चिनिने श्रेष्ठलाई नेपाल लेखापढी कानुन् व्यवसायी एशोसिएसन धनकुटाले विहिवार सम्मान गरेको हो ।

Advertisement

मालपोत कार्यालयका प्रमुख यादव प्रसाद आचार्यले उनलाई दोसल्ला, माला, खदा र सम्मान पत्र प्रदान गरेर सम्मानित गरे । कार्यक्रममा नापी कार्यालयका प्रमुख मिथिलेस यादव, उच्च अदालत वार एशोसिएशनका अध्यक्ष लाखमान राई, सचिव दिनेश पौडेल, वरिष्ठ अधिवक्ता डा.गोपालवहादुर भट्टराई, लेखापढी व्यवसायी रणवहादुर थापा, गोविन्द निरौला लगायतले शुभकामना मन्तव्य राख्दै सम्मानित श्रेष्ठलाई वधाई ज्ञापन गरेका छन् ।

जिल्ला मालपोत कार्यालयमा ६० वर्ष भन्दा वढी समय लेखापढी व्यावसायीको रुपमा काम गरेका श्रेष्ठले दुई बर्ष अघि मात्र व्यवसाय छोडेका हुन् । लेखापढी व्यवसायका क्षेत्रमा लामो समयसम्म काम गरेकाले जेष्ठ सदस्यको रुपमा श्रेष्ठलाई सम्मान गरिएको एशोसिएशनका अध्यक्ष मानप्रकास खड्काले जानकारी दिए ।

२०१७ सालदेखि लेखापढी व्यावसायमा संलग्न भएका श्रेष्ठले सोही व्यवसायबाट घर परिवार चलाएको भन्दै व्यावसायवाट सन्तुष्ट भएको प्रतिक्रिया दिए । उनले लेखापढी व्यवसायीहरुलाई इमान्दार भएर काम गर्न सुझाव पनि दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!