संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

मोरङ । मोरङका दुई स्थानबाट लागुऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लागुऔषधसहित मोरङको रतुवामाई नगरपालिका–२ बाट दुई जना र बिराटनगर महानगरपलिका–१६ बाट एक जना पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले मंगलवार साँझ रतुवामाई–२ डोरीयाबाट उर्लावारी नगरपालिका–७ का ३० बर्षीय नयन काजी राई र रतुवामाई–५ का २१ बर्षीय धिरज पोखरेललाई पक्राउ गरेको हो । उनीहरुको साथबाट नाईट्राभेट ६० ट्याब्लेट, डाईजेल्याब ४ एम्पुल, फेनारागन २ एम्पुल, फेनारामाईन २ एम्पुल र ब्रुफिनोफिन ४ एम्पुल बरामद भएको छ ।

Advertisement

त्यस्तै इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले आज बिहान करिव ७ बजे ईटहरी उप–महानगरपालिका–८ का २३ बर्षीय सुमन साह हलुवाईलाई नाईट्राभेट ४० ट्याब्लेट र स्पास्मोप्रोक्सिवन ८ ट्याब्लेटसहित पक्राउ गरेको छ ।

पक्राउ परेका उनीहरुका विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!