संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा विहिबार ४६ जना कोरोना संक्रमित थपिएका छन् । ४ सय ६७ जनाको पीसीआर परीक्षण गर्दा ४६ जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मोरङमा १९, झापामा १५, सुनसरीमा ११ र संखुवासभामा १ जना संक्रमित थपिएका हुन् । मोरङको विराटनगरमा १५, जहदामा २, बुढीगंगा र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण देखिएको हो ।

त्यस्तै झापाको दमकमा १०, कमल गाउँपालिकामा २, गौरादह, कनकाई र शिवसताक्षीमा १/१, सुनसरीको धरानमा ६, इटहरीमा ३, दुहवी र स्थानीय तह नखुलेका १/१ र संखुवासभामा १ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार १ सय ८७ पुगेको छ । जसमध्ये २४ हजार २ सय ४६ जना निको भईसकेका छन् ।

प्रदेश १ मा आज २२३ जना कोरोना संक्रमित निको भएका छन् । होम आईसोलेसनमा रहेका १९३ जना निको भएका हुन् । त्यस्तै मेची अस्पताल र होटल एशियाटिक आईसोलेसनबाट १२/१२, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, बेलबारी आईसोलेसन केन्द्र र विराट मेडिकल कलेजबाट २/२ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!