संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश १ मा सोमबार ८८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५२, सुनसरीमा १९, झापामा ८, संखुवासभामा ३, इलाममा २, भोजपुर, उदयपुर, पाँचथर र ताप्लेजुङमा १/१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा २७, सुन्दरहरैंचामा ६, बेलबारीमा ४, बुढीगंगामा ३, ग्रामथान, लेटाङ, कटहरी, उर्लाबारीमा २/२, केराबरी, रंगेली, रतुवामाई र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण देखिएको छ । त्यस्तै सुनसरीको इटहरीमा ८, धरानमा ४, दुहवीमा २, रामधुनी, देवानगञ्ज, बराहक्षेत्र, इनरुवा र स्थानीय तह नखुलेका १/१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।

यता, झापाको कनकाई, बाह्रदशी, विर्तामोड, दमक, गौरादह, शिवसताक्षी, भद्रपुर र स्थानीय तह नखुलेका १/१ जना संक्रमित भएका छन् । त्यस्तैगरी संखुवासभाको धर्मदेवीमा २ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिकामा २, भोजपुर र उदयपुरको बेलका १/१ पाँचथर र ताप्लेजुङको पाथीभरा याङवरकमा १/१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ४२६ पुगेको छ । जसमध्ये २५ हजार ३९५ जना संक्रमित निको भईसकेका छन् ।

प्रदेश १ मा आज २७६ जना कोरोना संक्रमित निको भएका छन् । होम आईसोलेसनमा रहेका २७० जना निको भएका हुन् । त्यस्तै विराट मेडिकल कलेजबाट ३, मेची अस्पतालबाट २ र न्युरो अस्पतालबाट १ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!