मोरङ । बिराटनगर महानगरपालिका–१४ झट्याईस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाईते छन् । आज विहान करिव १२ बजे बाँसको टाटीको गाह्रो र टिनको छाना भएको राजेश तत्माको घरमा आगलागी हुँदा तत्माका १४ बर्षीय छोरा रविनको मृत्यु भएको हो ।
घरमा आगलागी हुँदा जलेर तत्माकी श्रीमती ३२ बर्षीया ईन्दु देवी र ७ बर्षीय छोरा किशन कुमार घाईते भएका छन् । घाईते दुबै जनाको कोशी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
आगलागीबाट घरभित्र रहेको खाद्यान्न, लत्ता कपडा लगायत सम्पुर्ण समान जल्दा करिव ४ लाख बराबरको क्षति भएको प्रहरीको भनाई छ । घरमा लागेको आगो महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा राती करिव साँढे १ बजे नियन्त्रण गरिएको थियो ।