विराटनगर । प्रदेश १ मा आईतबार ३३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६, इलाममा ७, झापामा ५, सुनसरी र संखुवासभामा २/२ र ओखलढुङ्गामा १ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ८, पथरीशनिश्चरेमा ३, बुढीगंगामा २, सुनबर्षी, कटहरी र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण देखिएको छ । त्यस्तै इलामको इलाम नगरपालिकामा ७, झापाको दमकमा २, शिवसताक्षी, मेचीनगर र बुद्धशान्तिमा १/१ जना संक्रमित भएका छन् ।
यता, सुनसरीको ईटहरी, संखुवासभाको खाँदबारीमा २/२ र ओखलढुङ्गाको चिशंखुगढीमा १ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ३३२ पुगेको छ । जसमध्ये २५ हजार १२० जना निको भईसकेका छन् ।
प्रदेश १ मा आज ६० जना कोरोना संक्रमित निको भएका छन् । होम आईसोलेसनमा रहेका ५४ जना संक्रमित निको भएका हुन् । त्यस्तै कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ३, न्युरो अस्पतालबाट २ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।