
झापा । झापाको बाह्रदशी–५ मा रुखबाट लडेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय ६८ बर्षीय प्रेम कुमार कन्दङ्वा लिम्बु छन् ।
बिहान करिब ९ बजे कुटमेरोको रुखमा चढेर घाँस झार्ने क्रममा लड्दा उनी बेहोस भएका थिए । उपचारका लागि विर्तामोडस्थित वीएण्डसी अस्पताल पुर्याईएका उनको विहान करिब १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।















