संगालोखबर सम्वाददाता

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले केन्द्रमा भईरहेको राजनीतिक घटनाक्रमका कारण बिचल्लीत नहुँन जिल्लाका नेता, कार्यकर्तालाई आग्रह गरेको छ । जिल्ला पार्टी कार्यालय सिरवानीमा आज पत्रकार सम्मेलन गर्दै नेकपाले यस्तो आग्रह गरेको हो ।

Advertisement

पत्रकार सम्मेलनमा अध्यक्ष राजेन्द्र राईले अहिलेको अवस्थामा धैर्यधारण गर्ने र पार्टीलाई एकतावद्ध बनाएर अघि जानुको विकल्प नभएको बताए ।

संघीय ससद् विघटन भएको अवस्थामा पार्टी पंतिमा अन्यौल र नैरास्यता छाउनसक्ने भन्दै उनले यसबाट बिचल्लीत नहुँन नेता कार्यकर्ता, नेकपाबाट निर्वाचित जनप्रतिनिधि, पार्टी समर्थक शुभेच्छुक तथा सम्पूर्ण जनसमुदायमा आग्रह गरे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!