रासस

इलाम । लामो समयदेखि बसोबास गर्दै आएका सुकुम्वासीलाई प्रदेश नं १ सरकारले लालपुर्जा वितरण गर्ने भएको छ । इलामको माई नगरपालिका र माङ्सेबुङ गाउँपालिकाका छ हजार ५ सय १५ घरपरिवारलाई पहिलो चरणमा लालपुर्जा प्रदान गर्न लागिएको हो ।

Advertisement

प्रदेश सरकारले प्रदेश नं १ का ३० स्थानीय तहका एक लाख सुकुम्वासी नागरिकलाई लालपुर्जा वितरण गर्नेछ । यसका लागि प्रक्रिया अघि बढेको भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले जानकारी दिए ।

आयोगले भूमिहीन–सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेलाई लालपुर्जा वितरणका लागि स्थानीय तहका पदाधिकारीबीच समझदारीपत्रमा हस्ताक्ष्र गरेको छ । माई नगरपालिकामा ९ सय ५७ घरपरिवार सुकुम्वासी छन् । यस्तै तीन हजार २ सय ३८ घरपरिवार भने अव्यवस्थित रूपमा बसोबास गरिरहेका छन् । सुकुम्वासी र अव्यवस्थित गरी चार हजार १ सय ९५ घरपरिवार सुकुम्वासी रहेको प्रदेशको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै माङसेबुङ गाउँपालिकामा ४९ दलित सुकुम्वासी, ४ सय ७१ अन्य समुदायका सुकुम्वासी र एक हजार ८ सय अव्यवस्थित गरि दुई हजार ३ सय २० घरपरिवार सुकुम्बासी छन् । सरकारले भूमि सम्बन्धि ऐन २०२१ को आठौं संशोधन पछि नियमावलीको १८ औं संशोधनका आधारमा नौ वटा कार्यविधि तयार पारेर काम थालेको आयोगका अध्यक्ष ज्ञवालीको भनाइ छ ।

यसका लागि आगामी फागुनसम्ममा लगत सङ्कलनका लागि पालिकाले नागरिकको घरमै पुगेर फारम भराउनु पर्नेछ । अव्यवस्थित रूपमा बसोबास गर्दै आएकालाई सेतो र दलित तथा व्यवस्थित रूपमा बसिआएका तर लालपुर्जा नपाएका सुकुम्बासीलाई गुलाबी रङ्गको फारम भराइने छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!