तेह्रथुममा भीरबाट ल्याण्डरोभर खस्यो, चालकको घटनास्थलमै मृत्यु, यात्रुको खोजी हुँदै
तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका–७ जिरिखिम्तीमा ल्याण्डरोभर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । म्याङलुङबाट मोराहाङ जाँदै गरेको को १ ज ३४०९ नम्बरको ल्याण्डरोभर आइतवार राती करिब ८ः३० बजे जिरिखिम्तीस्थित लाप्चाङ टोलमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी ल्याण्डरोभर चालक मोराहाङका करिब ४५ बर्षीय कृष्ण खापुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ल्याण्डरोभर भीरबाट करिब १५० मिटर तल खस...


























