धनकुटामा होटलको कोठामा झुण्डिएको अवस्थामा महिलाको शव फेला

धनकुटामा होटलको कोठामा झुण्डिएको अवस्थामा महिलाको शव फेला

धनकुटा । धनकुटा नगरपालिका–६ सरस्वती चौकस्थित महालक्ष्मी होटलको कोठामा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । १० दिन अघिदेखि सोही होटलको १०३ नम्बर कोठामा बस्दै आएकी भोजपुरको तिवारीभञ्ज्याङ्ग–१ की ४० बर्षीया कमला मगरको शव कोठामै झुण्डिएको अवस्थामा फेला परेको हो । होटलको कोठाको झ्यालमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा मगरको शव फेला परेको धनकुटाका प्रहरी प्रमुख गोविन्द अधिकारीले जानकारी ...
मोरङ र सुनसरीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोरङ र सुनसरीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

विराटनगर । सुनसरी र मोरङमा भएका छुट्टा–छुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । गएराती पौने ८ बजे सुनसरीको इटहरी–६ स्थित पूर्वपश्चिम राजमार्गमा पूर्वतर्फ जादै गरेको ना ५ ख ११११ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको को ३३ प ३२४० नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ठक्करबाट मोटरसाइकल चालक इटहरी ८ का ४२ बर्षीय बिरेन्द्र चौधरीको मृत्यु भएको हो । ठक्करबाट चौधरी घाइते ...
पाथीभरा दर्शन गर्न जाँदा लेक लागेर दुई वर्षीय बालकको मृत्यु

पाथीभरा दर्शन गर्न जाँदा लेक लागेर दुई वर्षीय बालकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनमा आएका एक बालकको लेक लागेर मृत्यु भएको छ । प्रहरीका अनुसार पाँचथरको फालेलुङ गाउँपालिका–८ याङ्नामका दुई वर्षीय बालक उत्सव लिम्बूको आज मृत्यु भएको हो । अभिभावकले आफ्ना बालकलाई पाथीभरा दर्शनका लागि लिएर आएका थिए । देवीको दर्शन गर्न जाने क्रममा पाथीभरा क्षेत्रको फेदीबजार नजिक बाटोमै अचानक बेहोस भएपछि बालकलाई उपचारका लागि ताप्लेजुङ जिल्ला...
खोटाङको ऐसेलुखर्कमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

खोटाङको ऐसेलुखर्कमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

खोटाङ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले खोटाङको ऐसेलुखर्क गाउँपालिका वडा नं. ३ मा शनिवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । ऐसेलुखर्क गाउँपालिकासँग सहकार्य गरेर एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविर उद्घाटन कार्यक्रममा बोल्दै पूर्व सांसद सरस्वती गजुमाया, ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौला, नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति सुवास पोख्रे...
प्रदेश १ का थप ३९ जनामा कोरोना संक्रमण

प्रदेश १ का थप ३९ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा आज ३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १८, सुनसरीमा ११, झापामा ८, इलाम र प्रदेश १ बाहिरका १/१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १६, रतुवामाई र पथरीशनिश्चरेमा १/१ जनामा संक्रमण देखिएको हो । त्यस्तै सुनसरीको धरानमा ५, इटहरीमा ४ र रामधुुनीमा २, झापाको विर्तामोडमा ४, भद्रपुरमा २, गौरादह र अर्जुनधारामा १/१ जन...
धनकुटाको चानुवामा गाउँभर ‘हाइभोल्टेज’ प्रवाह, करेन्ट लागेर एक जनाको मृत्यु, १५ घाइते

धनकुटाको चानुवामा गाउँभर ‘हाइभोल्टेज’ प्रवाह, करेन्ट लागेर एक जनाको मृत्यु, १५ घाइते

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–४ चानुवामा आज विद्युत लाईनमा ‘हाइभोल्टेज’ प्रवाह हुँदा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । बिहान करिब ११ बजे महालक्ष्मी–४ चानुवास्थित भुटडाँडा, नेवार गाउँ, जिमी गाउँ, गैरी गाउँ, झिलिमिली लगायत क्षेत्रको विद्युत लाइनमा ‘हाइभोल्टेज’ प्रवाह भएको हो । विद्युत लाइनमा क्षमताभन्दा बढी विद्युत प्रवाह भई करेन्ट लाग्दा चानुवा–४ भुटडाँडाका ५...
धनकुटामा जंगलमा दिसा गर्न बसेका बेला बँदेलले गर्यो आक्रमण, घाइतेलाई घोपा पठाइयो

धनकुटामा जंगलमा दिसा गर्न बसेका बेला बँदेलले गर्यो आक्रमण, घाइतेलाई घोपा पठाइयो

धनकुटा । जंगली बँदेलको आक्रमणबाट धनकुटाको सहिदभूमि गाउँपालिकाका एक युवा घाइते भएका छन् । दिसा गर्न बसेका बेला जंगली बँदेलले आक्रमण गर्दा सहिदभूमिका ३७ बर्षीय धनवहादुर श्रेष्ठ घाइते भएका हुन् । धनकुटा नगरपालिका-९ स्थित म्हाङ्ग खोला नजिक जंगलमा शुक्रवार दिउँसो २:३० बजे दिसा गर्न बसेका बेला श्रेष्ठलाई बँदेलले आक्रमण गरेको हो । उनी म्हाङ्ग खोलामा ढुङ्गा, गिटी, वालुवा उत्खनन्को काम गर्दै आएका थिए । ...
धनकुटामा ‘दादागिरी’ देखाएको आरोपमा ६ युवा पक्राउ

धनकुटामा ‘दादागिरी’ देखाएको आरोपमा ६ युवा पक्राउ

धनकुटा । धनकुटामा दादागिरी देखाएको आरोपमा ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । साँगुरीगढी गाउँपालिका–६ मालवासेस्थित कोशी राजमार्गमा सवारी साधनलाई रोकेर हुल हुज्जत तथा अभद्र व्यवहार गरेको भन्दै प्रहरीले युवाहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा महालक्ष्मी–१ घर भई धनकुटा–६ पात्ले बस्दै आएका २४ बर्षीय दिपक खड्का, तेह्रथुमको छथर–२ घर भई धनकुटा–९ बस्दै आएका २२ बर्षीय रामकुमार लिम्बु, धनकुटा–९ ग...
प्रदेश १ मा थपिए ३३ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ३३ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा आज ३३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १८, झापामा ८, भोजपुरमा ३, सुनसरी र उदयपुरमा २/२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनृुसार मोरङको विराटनगरमा १४, बुढीगंगा, रंगेली, लेटाङ र उर्लाबारीमा १/१ जना संक्रमित थपिएका हुन् । त्यस्तै झापाको विर्तामोडमा ३, शिवसताक्षी र कनकाईमा २/२ र दमकमा १ जनामा संक्रमण देखिएको छ । यता, भोजपुरको अरुण...
भोजपुर र तेह्रथुममा चट्याङ लागेर दुई जनाको मृत्यु

भोजपुर र तेह्रथुममा चट्याङ लागेर दुई जनाको मृत्यु

विराटनगर । भोजपुर र तेह्रथुममा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । बिहिबार साँझ हावाहुरी, पानीसहित परेको चट्याङ लागेर तेह्रथुमको छथर गाउँपालिका ६ असिनेकी ९ बर्षीया रोहीता मगर र भोजपुरको षडानन्द नगरपालिका ८ निगुरेकी ६० बर्षीया मनमाया राईको मृत्यु भएको हो । बेलुका ७ बजे आफ्नै घरमा बसिरहेका बेला बालिका मगरलाई चट्याङले लागेको थियो । चट्याङले लागेर उनको टाउकोदेखि घाँटीसम्मको बाँयापट्टीको भाग जल्य...
धनकुटामा भीषण असिना पानी: करोडौंको बाली छिनभरमै स्वाहा, सडक र विद्युत अवरुद्ध

धनकुटामा भीषण असिना पानी: करोडौंको बाली छिनभरमै स्वाहा, सडक र विद्युत अवरुद्ध

धनकुटा । धनकुटामा बिहिबार साँझ भीषण असिना पानी परेको छ । साँझ करिब ५ बजेबाट हावाहुरीसहित असिना पानी परेको हो । करिब एक घण्टा परेको असिना पानीले जिल्लामा करोडौं मूल्य बरावरको तरकारी बाली नष्ट गरेको किसानहरुले बताएका छन् । धनकुटाको उत्तरी भागमा तीन फिटसम्म वाक्लो असिना जमेको छ । अत्याधिक परेको असिनाले तरकारी बाली ढाक्दा ठूलो क्षति पुगेको सिधुवाका अगुवा कृषक मेघेन्द्र गुरुङले बताए । ‘एक घण्टा परेक...
विराट गोल्डकपमा झगडा, दुई खेलाडीलाई रेड कार्ड

विराट गोल्डकपमा झगडा, दुई खेलाडीलाई रेड कार्ड

विराटनगर । विराटनगरमा जारी विराट गोल्डकपको विहीवार भएको सेमिफाइनल खेलमा भारतको पंजाव पुलिस क्लव र काठमाडौंको संकटा क्लवका खेलाडीबीच झगडा भएको छ । विराटनगरको सहिद रंगशालामा भएको खेल सकिएलगत्तै दुवै टिमका खेलाडीबीच हात हालाहाल भएको हो । रेफ्री श्याम दनुवारले खेल सकिएको घोषणा गरेसँगै संकटा र पंजावका खेलाडीबीच झगडा भएको थियो । रेफ्री र अन्य खेलाडीले झगडा छुट्याएका छन् । झगडाको कारण खुलेको छैन । झगड...
प्रदेश १ मा थपिए १६ कोरोना संक्रमित

प्रदेश १ मा थपिए १६ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा आज १६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८, सुनसरीमा ६, झापा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ८, सुनसरीको इटहरीमा ३, देवानगञ्ज, बर्जु र धरानमा १–१, झापाको कमल गाउँपालिकामा १ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको छ । योसँगै प्रदेश १ मा हालसम्म कोरोना संक्रमित हुँनेको संख्या ३० ह...
झापामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

झापामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

झापा । झापाको शिवसताक्षी नगरपालिका–११ दुधेस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । बिहान साढे ४ बजे पश्चिमतर्फ जादै गरेको बा २१ च ७९८४ नम्बरको एम्बुलेन्स अनियन्त्रीत भई दुर्घट्ना भएको हो । दुर्घटनामा परी एम्बुलेन्स चालक ललितपुरको गोदावरी नगरपालिका–७ का २० बर्षीय उत्सब घिमिरेको मृत्यु भएको हो । दुर्घटनामा एम्बुलेन्स चालक घिम...
पाँचथरमा ट्याक्टरबाट लड्दा सह–चालकको मृत्यु

पाँचथरमा ट्याक्टरबाट लड्दा सह–चालकको मृत्यु

पाँचथर । पाँचथरमा ट्याक्टरबाट लड्दा सह–चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा फाल्गुनन्द गाउँपालिका–४ का २८ बर्षीय रोशन चेम्जोङ छन् । बुधबार बेलुका साढे ६ बजे सुकेधामवाट च्याङथापुतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ त ८९६७ नम्बरको ट्याक्टरबाट लड्दा सह–चालक चेम्जोङ घाइते भएका थिए । उपचारका लागि जिल्ला अस्पताल पाँचथर ल्याइएका उनको राती सभा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । ...
विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर । विराटनगरमा आज बिहान कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत विराटनगर–४ बरगाछीकी ४६ वर्षीया महिलाको मृत्यु भएको हो । नोबेल अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि त्यहाबाट रेफर गरेर उनलाई कोभिड अस्पताल पठाइएको थियो । वुधवार वेलुका कोभिड अस्पताल भर्ना भएकी उनको विहिवार बिहान ४ः३० बजे मृत्यु भएको कोभिड–१९ उपचार केन्द्रका नि...
प्रदेश १ मा थपिए १८ कोरोना संक्रमित

प्रदेश १ मा थपिए १८ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा आज १८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६ र सुनसरीमा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १५, पथरीशनिश्चरेमा १ र सुनसरीको धरानमा २ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । योसँगै प्रदेश १ मा सक्रिय संक्रमितको संख्या १७९ पुगेको छ । प्रदेश १ मा आज २२६ जनाको पीसीआर गरिएको मन्त्रालयले जनाएको छ ।
कानेपोखरीबाट लागुऔषधसहित तीन जना पक्राउ

कानेपोखरीबाट लागुऔषधसहित तीन जना पक्राउ

विराटनगर । मोरङको कानेपोखरी–७ बाट प्रतिबन्धित लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रंगेली–६ का १९ बर्षीय अभिशेख कुमार मण्डल, सुन्दरहरैंचा–७ का १९ बर्षीय सुवाष तामाङ र उर्लाबारी–६ का २८ बर्षीय अनमोल घिमिरे छन् । मंगलबार दिउँसो साढे ३ बजे को २ ह ३३९६ नम्बरको अटोमा आइरहेका उनीहरुलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा अटोको सिटमुनि लुकाएर राखेको अवस्थामा ५८८ चक्की नाईट्राभेट बरामद गरिएक...
बेलबारी क्याम्पस सञ्चालक समिति अध्यक्षमा नगर प्रमुख सुवेदी

बेलबारी क्याम्पस सञ्चालक समिति अध्यक्षमा नगर प्रमुख सुवेदी

मोरङ । बेलबारी बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा पुनः बेलबारी नगर प्रमुख ज्ञानेन्द्र सुवेदी चयन भएका छन् । क्याम्पसको तेस्रो परिषद भेलाले नगर प्रमुख सुवेदीको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । नगर प्रमुख सुवेदी यसअघि पनि सञ्चालक समिति अध्यक्ष थिए । भेलाले दोस्रो कार्यकालका लागि पनि सुवेदीलाई नै अध्यक्ष बनाएको हो । सुवेदी पहिलो पटक अध्यक्ष हुदाँ जग्गा व्यवस्थापन गरी भवन...
इटहरीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

इटहरीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

सुनसरी । सुनसरीको इटहरी–१४ नर्भासा नहरमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–७ का १४ बर्षीय आयुष भुर्तेल र १७ बर्षीय सायल चौधरी छन् । मंगलबार बेलुका करिव ६ बजे नहरमा पौडी खेल्ने क्रममा डुबेर उनीहरु बेपत्ता भएका थिए । स्थानीयसहित प्रहरीले खोजी गर्ने क्रममा डुवेको अवस्थामा फेला परेपछि उनीहरुलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा...
धनकुटासहित प्रदेश १ का चार जिल्लामा थपिए २४ कोरोना संक्रमित

धनकुटासहित प्रदेश १ का चार जिल्लामा थपिए २४ कोरोना संक्रमित

धनकुटा । प्रदेश १ का चार जिल्लामा आज २४ जना कोरोना संक्रमित फेला परेका छन् । प्रदेश १ मा २९७ जनाको पीसीआर परीक्षण गर्दा १२ महिला र १४ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । मोरङमा १३, झापामा ८, सुनसरीमा २ र धनकुटामा १ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १३, झापाको विर्तामोड र दमकमा २–२, भद्रपुर, मेचीनगर, अर्जुनधारा र झापा गाउँपालिकामा १...
खोटाङ र संखुवासभामा आगलागी हुँदा लाखौंको क्षति

खोटाङ र संखुवासभामा आगलागी हुँदा लाखौंको क्षति

विराटनगर । खोटाङ र संखुवासभामा आगलागी हुँदा लाखौंको क्षति भएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ मा हर्कराज राईले सञ्चालन गरेको गणेश फर्निचर उद्दोगमा आज बिहान आगलागी भएको छ । बिहान साढे ४ बजे फर्निचर उद्योगमा विद्युतको तार सर्ट भएर आगलागी भएको हो । दमकलको सहायतामा प्रहरी, सेना र स्थानीयबासीले बिहान साढे ५ बजे आगो नियन्त्रणमा लिएका छन् । आगलागीमा परी फर्निचरका सामान तथा जेनेरेटरसह...
उदयपुरमा मोवाइल चार्ज गर्दा करेन्ट लागेर एक जनाको मृत्यु

उदयपुरमा मोवाइल चार्ज गर्दा करेन्ट लागेर एक जनाको मृत्यु

उदयपुर । उदयपुर कटारी नगरपालिका–४ सिम्लेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा सिम्लेकी ३९ बर्षीया मनकुमारी मगर दनुवारको मृत्यु भएको हो । सोमबार बेलुका साढे ५ बजे घरमा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा उनी गंभीर घाइते भएकी थिइन् । उपचारका लागि सिरहाको मिर्चैयास्थित शान्ति हेल्थकेयर लगिएको भएपनि अस्पताल पुर्याएको केही समयपछि नै उनको मृत्यु भएको इल...
१०५ बर्षे बृद्धलाई समाजसेवाको रहर

१०५ बर्षे बृद्धलाई समाजसेवाको रहर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–९ मुर्तिढुङ्गाका चन्द्रबहादुर बराल उमेरले १०५ बर्ष पुगे । १९७३ साल चैत ३० गते मुर्तिढुङ्गामा जन्मिएका बरालले एक सताब्दी उमेर काटेपनि समाजसेवा गर्ने उनको इच्छा भने अझै कटेको छैन । २०२८ सालमा व्यक्तीगत खर्चवाट गाउँमा मूर्तीमहेश्वर मन्दिर बनाएका बराल अहिले पनि बृद्धभत्ताको आधा रकम त्यही मन्दिर संरक्षणमा खर्चिदै आएका छन् । सानै उमेरदेखि सामाजिक काममा रुचि राख्...
धनकुटाका दुई युवा धरानबाट गाँजासहित पक्राउ

धनकुटाका दुई युवा धरानबाट गाँजासहित पक्राउ

सुनसरी । धनकुटाका दुई युवा गाँजासहित गएराती धरानबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका–६ का २० बर्षीय निगम राई र १९ बर्षीय शुक्रराज राई छन् । धरान उपमहानगरपालिका–३ शान्तिपथबाट राती करिब २ बजे उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । को १३ प ६७८२ नम्बरको मोटरसाइकलमा सवार उनीहरुले बोकेको झोला चेकजाँच गर्दा गाँजा बरामद भएकाले दुवै जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ...
प्रदेश १ मा थपिए २५ कोरोना संक्रमित

प्रदेश १ मा थपिए २५ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा आज २५ जना कोरोना संक्रमित थपिएका छन् । ३५० जनाको पीसीआर परीक्षण गर्दा ११ महिला र १४ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ११, सुनसरीमा ६, झापा र संखुवासभामा ३–३ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको छ । मोरङको विराटनगरमा ११, सुनसरीको इनरुवा र धरानमा २–२, दुहवी र इटहरीमा १–१, झापाको दमकमा २ र भद्रपुरमा १, संखुवासभाको खाँदबारीमा २ र ...
दुहबीमा थ्रेसरबाट आगलागी: घर जलेर नष्ट, एक जना घाइते

दुहबीमा थ्रेसरबाट आगलागी: घर जलेर नष्ट, एक जना घाइते

सुनसरी । सुनसरीको दुहबी नगरपालिका–११ तनमुनामा आज दिउँसो थ्रेसरबाट आगलागी हुँदा लाखौंको क्षति भएको छ । बिहान साढे ११ बजे सोमनलाल माझीको आँगनमा थ्रेसर राखेर गँहु झार्दै गर्दा थ्रेसरमा आगलागी भई घरसम्म आगो फैलिएको हो । आगलागीबाट प्र–१–००२–००३ त १२५७ नम्बरको ट्याक्टर, थ्रेसर र माझीको घरसँगै घरमा रहेका सामान, अन्न लगायत जलेर नष्ट हुँदा १९ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । दमकलको सहायतामा प्...
विराटनगरमा कोरोना संक्रमित बृद्धको मृत्यु

विराटनगरमा कोरोना संक्रमित बृद्धको मृत्यु

विराटनगर । विराटनगरस्थित कोभिड उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ । झापाको दमक नगरपालिका–९ का ९२ वर्षीय बृद्धको उपचारका क्रममा मृत्यु भएको कोभिड उपचार केन्द्रले जनाएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई २५ चैतमा उपचारका लागि कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो । नोबल अस्पतालबाट उनलाई रेफर गरेर त्यहा पठाइएको हो ।
तेह्रथुममा आगोले जल्दा बृद्धाको मृत्यु

तेह्रथुममा आगोले जल्दा बृद्धाको मृत्यु

तेह्रथुम । तेह्रथुमको म्याङ्लुङ नगरपालिका–३ नागदहमा आज बिहान आगोमा जलेर एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुँनेमा नागदहकी ७२ बर्षीया फुलमाया ढुंगाना छन् । बिहान साढे ९ बजे बारीमा सुकेका झ्यास, झिक्रा डढाउने क्रममा आगो सल्किएर नजिकै रहेको बासझ्याङ पुगेको थियो । सोही बासझ्याङमा आगोमा जल्दा बृद्धा ढुंगानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । बासझ्याङमा खोल्सी परेको स्थानमा ...
प्रदेश १ मा थपिए ७ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ७ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा आज ७ जना कोरोना संक्रमित थपिएका छन् । १६८ जनाको पीसीआर परीक्षण गर्दा २ महिला र ५ पुरुषमा संक्रमण देखिएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ३, सुनसरीमा २, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको छ । मोरङको विराटनगरमा २, धनपालथानमा १, सुनसरीको दुहवी र इटहरीमा १–१, उदयपुरको चौदण्डीगढीमा १ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको हो । योसँगै प्रदेश १...
छथर जोरपाटीका १३ जनालाई अपाङ्गता सहायक सामाग्री प्रदान

छथर जोरपाटीका १३ जनालाई अपाङ्गता सहायक सामाग्री प्रदान

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले अपाङ्गता भएका १३ जनालाई सहायक सामाग्री प्रदान गरेको छ । गाउँपालिकाले कार्यक्रम आयोजना गरेर अपाङ्गता भएका व्यक्तिहरुलाई सामाग्री हस्तान्तरण गरेको हो । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको पहिलो चरण अन्तर्गत ४९ जनालाई सहायक सामाग्री वितरण गरिएको पुनःस्थापना कार्यक्रमका सी.बी.आर.सहजकर्ता प्रदिप ओझाले जानकारी दिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष शेर...
error: Content is protected !!