
सुनसरी । सुनसरीको इटहरी–१४ नर्भासा नहरमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–७ का १४ बर्षीय आयुष भुर्तेल र १७ बर्षीय सायल चौधरी छन् ।
मंगलबार बेलुका करिव ६ बजे नहरमा पौडी खेल्ने क्रममा डुबेर उनीहरु बेपत्ता भएका थिए । स्थानीयसहित प्रहरीले खोजी गर्ने क्रममा डुवेको अवस्थामा फेला परेपछि उनीहरुलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
उपचारकै क्रममा भुर्तेलको राती ११ बजे र चौधरीको सवा ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीले घटनाको विषयमा अनुसन्धान गरिरहेको छ ।















