
विराटनगर । विराटनगरस्थित कोभिड उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ । झापाको दमक नगरपालिका–९ का ९२ वर्षीय बृद्धको उपचारका क्रममा मृत्यु भएको कोभिड उपचार केन्द्रले जनाएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि उनलाई २५ चैतमा उपचारका लागि कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो । नोबल अस्पतालबाट उनलाई रेफर गरेर त्यहा पठाइएको हो ।












