
विराटनगर । मोरङको कानेपोखरी–७ बाट प्रतिबन्धित लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रंगेली–६ का १९ बर्षीय अभिशेख कुमार मण्डल, सुन्दरहरैंचा–७ का १९ बर्षीय सुवाष तामाङ र उर्लाबारी–६ का २८ बर्षीय अनमोल घिमिरे छन् ।
मंगलबार दिउँसो साढे ३ बजे को २ ह ३३९६ नम्बरको अटोमा आइरहेका उनीहरुलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा अटोको सिटमुनि लुकाएर राखेको अवस्थामा ५८८ चक्की नाईट्राभेट बरामद गरिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
पक्राउ परेका मण्डल अटो चालक हुन् । उनको संलग्नतासमेत रहेको प्रहरीले जनाएको छ । तीनै जनाका विषय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















