संगालोखबर सम्वाददाता
फाईल तस्वीर

उदयपुर । उदयपुर कटारी नगरपालिका–४ सिम्लेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा सिम्लेकी ३९ बर्षीया मनकुमारी मगर दनुवारको मृत्यु भएको हो ।

सोमबार बेलुका साढे ५ बजे घरमा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा उनी गंभीर घाइते भएकी थिइन् ।

उपचारका लागि सिरहाको मिर्चैयास्थित शान्ति हेल्थकेयर लगिएको भएपनि अस्पताल पुर्याएको केही समयपछि नै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!