मोरङको केरावारी र सुन्दरहरैंचामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
विराटनगर । मोरङका छुट्टा–छुट्टै स्थानमा आज भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । विहान ११ बजे केराबारी–८ स्थित जंगलमा को १ त ५८४९ नम्बरको ट्याक्टरले को ३४ प ९०६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट मोटरसाइकल चालक सोही स्थानका ५० बर्षीय नरेशकुमार सोडारी गम्भीर घाइते भएका थिए ।
उपचारका लागि विराटनगरस्थित नोवेल अस्पताल पुर्याइएका उनको उपचारकै क्रममा दिउँसो करिब १२ बजे मृत्यु भ...






























