छथर जोरपाटीका १३ जनालाई अपाङ्गता सहायक सामाग्री प्रदान
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले अपाङ्गता भएका १३ जनालाई सहायक सामाग्री प्रदान गरेको छ । गाउँपालिकाले कार्यक्रम आयोजना गरेर अपाङ्गता भएका व्यक्तिहरुलाई सामाग्री हस्तान्तरण गरेको हो ।
अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको पहिलो चरण अन्तर्गत ४९ जनालाई सहायक सामाग्री वितरण गरिएको पुनःस्थापना कार्यक्रमका सी.बी.आर.सहजकर्ता प्रदिप ओझाले जानकारी दिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष शेर...





























