उदयपुरमा फरार प्रतिवादी ब्राउन सुगरसहित पक्राउ
उदयपुर । उदयपुरबाट लागुऔषध ब्राउन सुगरसहित आज एक जना पक्राउ परेका छन् । त्रियुगा नगरपालिका–११ का ३० बर्षीय गोकर्ण कार्की ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।
दिउँसो करिव साढे १० बजे बिशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई २ ग्राम १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । त्यस्तै उनको साथबाट तौल नाप्ने डिजीटल मेशिन १ थान, बिभिन्न कम्पनीका मोबाईल १० वटा र ९ वटा सिमकार्डसमेत फेला परेको...





























