संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

तेह्रथुम । तेह्रथुमको म्याङ्लुङ नगरपालिका–३ नागदहमा आज बिहान आगोमा जलेर एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुँनेमा नागदहकी ७२ बर्षीया फुलमाया ढुंगाना छन् ।

बिहान साढे ९ बजे बारीमा सुकेका झ्यास, झिक्रा डढाउने क्रममा आगो सल्किएर नजिकै रहेको बासझ्याङ पुगेको थियो । सोही बासझ्याङमा आगोमा जल्दा बृद्धा ढुंगानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

Advertisement

बासझ्याङमा खोल्सी परेको स्थानमा फुलमायाको शरिरको कपडा पूर्णरुपमा जलिसकेको अवस्थामा शव फेला परेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!