संगालोखबर सम्वाददाता
फायल तस्वीर

सुनसरी । सुनसरीको दुहबी नगरपालिका–११ तनमुनामा आज दिउँसो थ्रेसरबाट आगलागी हुँदा लाखौंको क्षति भएको छ । बिहान साढे ११ बजे सोमनलाल माझीको आँगनमा थ्रेसर राखेर गँहु झार्दै गर्दा थ्रेसरमा आगलागी भई घरसम्म आगो फैलिएको हो ।

आगलागीबाट प्र–१–००२–००३ त १२५७ नम्बरको ट्याक्टर, थ्रेसर र माझीको घरसँगै घरमा रहेका सामान, अन्न लगायत जलेर नष्ट हुँदा १९ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । दमकलको सहायतामा प्रहरी र स्थानीयले दिउँसो करिव साढे १ बजे आगो नियन्त्रणमा लिएका छन् ।

आगो निभाउने क्रममा स्थानीय ४७ बर्षीय राजेन्द्र शाह घाइते भएका छन् । उनलाई उपचारका लागि विराटनगर पठाईएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!