संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा आज २५ जना कोरोना संक्रमित थपिएका छन् । ३५० जनाको पीसीआर परीक्षण गर्दा ११ महिला र १४ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो ।

Advertisement

सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ११, सुनसरीमा ६, झापा र संखुवासभामा ३–३ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको छ । मोरङको विराटनगरमा ११, सुनसरीको इनरुवा र धरानमा २–२, दुहवी र इटहरीमा १–१, झापाको दमकमा २ र भद्रपुरमा १, संखुवासभाको खाँदबारीमा २ र धर्मदेवीमा १ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

योसँगै प्रदेश १ मा हालसम्म संक्रमित हुनेको संख्या ३० हजार ४७० पुगेको छ । सक्रिय संक्रमितको संख्या १४० रहेकोे सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!