संगालोखबर सम्वाददाता

धनकुटा । प्रदेश १ का चार जिल्लामा आज २४ जना कोरोना संक्रमित फेला परेका छन् । प्रदेश १ मा २९७ जनाको पीसीआर परीक्षण गर्दा १२ महिला र १४ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो ।

मोरङमा १३, झापामा ८, सुनसरीमा २ र धनकुटामा १ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १३, झापाको विर्तामोड र दमकमा २–२, भद्रपुर, मेचीनगर, अर्जुनधारा र झापा गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको छ ।

सुनसरीको इटहरी र दुहवीमा १–१ जना र धनकुटाको धनकुटा नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यस्तै प्रदेश १ मै गरिएको परीक्षणमा प्रदेश १ बाहिरका दुई जनामा संक्रमण देखिएको छ ।

योसँगै प्रदेश १ मा संक्रमितको संख्या ३० हजार ४९६ पुगेको छ । संक्रमित मध्ये २९ हजार ८७० जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा हालसम्म २ लाख ३३ हजार ७६८ जनाको पीसीआर परीक्षण भएको छ । संक्रमण सुन्यको अवस्थामा झरेको प्रदेश १ मा अहिले पुनः संक्रमित फेला पर्ने क्रम बढ्न थालेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!