संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

विराटनगर । खोटाङ र संखुवासभामा आगलागी हुँदा लाखौंको क्षति भएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ मा हर्कराज राईले सञ्चालन गरेको गणेश फर्निचर उद्दोगमा आज बिहान आगलागी भएको छ ।

बिहान साढे ४ बजे फर्निचर उद्योगमा विद्युतको तार सर्ट भएर आगलागी भएको हो । दमकलको सहायतामा प्रहरी, सेना र स्थानीयबासीले बिहान साढे ५ बजे आगो नियन्त्रणमा लिएका छन् । आगलागीमा परी फर्निचरका सामान तथा जेनेरेटरसहित अन्य सामान जल्दा करिब ५० लाख ८६ हजार बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।

यसैबीच, राती सभा २ बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ ज्यामिरेका कुलमान चुहानको घर र गोठ गुवालीमा पनि आगलागी भएको छ । घर, गोठसहित भेडा–२, बाख्रा ८ वटा, खसी ४ वटा, पाठा ६ वटा, पाठी २ वटा र कुखुरा ११ वटा जलेका छन् । प्रहरी र स्थानीयबासीले बिहान ३ बजे आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

यता, सोमबार दिउँसो २ बजे संखुवासभा धर्मदेबी–६ हुङबुङका नरबहादुर थायुम राईको घरबाट सल्केको आगोले छिमेकी सलमान जिमीको घर र ईन्द्र बहादुर जिमीको कटेरो जलेको छ । आगोले ३ वटा घर तथा घरभित्र रहेका सामानहरु, ८ वटा बाख्रा, एउटा सुगुरसमेत जल्दा झण्डै ३५ लाख २९ हजार बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।

प्रहरी र स्थानीयबासीले बेलुका ६ बजे आगो निभाएका छन् । आगलागीको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!