पाख्रीबासमा ५४ करोडको औद्योगिक ग्राम बन्ने
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा ५४ करोड बराबरको औद्योगिक ग्राम निर्माण हुने भएको छ । पाख्रीबास नगरपालिकाको आयोजनामा बिहिबार एक कार्यक्रमकावीच प्रतिनिधि सभा सदस्य एवम् नेकपा एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राईले औद्योगिक ग्रामको शिलान्यास गरेका छन् ।
सांसद राईकै पहलमा पाख्रीबास-७ राम्चेडाँडामा १ सय १७ रोपनी जग्गामा औद्योगिकग्राम निमार्ण गर्न लागिएकाे हो । कार्यक्रममा बोल्दै सांसद राईले ...

























