संगालोखबर सम्वाददाता
धनकुटा बजार । फाईल तस्वीर: संगालोखबर

धनकुटा । कोरोना संक्रमण तीव्र रुपमा फैलन थालेपछि धनकुटाका फेन्सी व्यवसायीहरुले आजदेखि व्यवसाय बन्द गर्ने निर्णय गरेका छन् । धनकुटा फेन्सी व्यवसायी संघको आज बिहान बसेको पदाधिकारी बैठकले दिउँसो १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि बजारका फेन्सी व्यवसायहरु बन्द गर्ने निर्णय गरेको हो ।

संघले व्यवसाय बन्द गरेर सचेत र सुरक्षित तवरले रहन फेन्सी व्यवसायीहरुलाई आग्रह पनि गरेको छ । धनकुटामा करिव ६० वटा फेन्सी पसल सञ्चालित छन् । संघको निर्णयसँगै अधिकांश फेन्सी पसल बन्द भएको संघका सचिव तिलक बहादुर महतले जानकारी दिए ।

Advertisement

धनकुटामा पछिल्लो समय कोरोना संक्रमण तीव्र रुपमा फैलदै गएको छ । आज मात्रै धनकुटाका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!