- संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आज थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर, धरान, इलाम र सप्तरीका दुई पुरुष र दुई महिलाको मृत्यु भएको हो ।

Advertisement

विराटनगर महानगरपालिका–१४ ओम साइराम टोलका ६५ बर्षीय पुरुषको मृत्यु भएको हो । सोमबार कोरोना संक्रमण पुष्टि भएपछि नोबेलमा भर्ना भएका उनको आज राती २ बजे मृत्यु भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । त्यस्तै इलाम–४ की २९ बर्षीया कोराना संक्रमित महिलाको पनि मृत्यु भएको छ । निमोनियाको रागीसमेत रहेकी उनी बैशाख १३ गते अस्पताल भर्ना भएकी थिइन् । उपचारकै क्रममा आज बिहान सवा ४ बजे उनको मृत्यु भएको हो ।

यता, धरान–८ का ७७ बर्षीया कोरोना संक्रमित महिलाको आज बिहान ५ बजे मृत्यु भएको छ । दम रोगसमेत रहेकी उनी कोरोना संक्रमणपछि सोमबार अस्पताल भर्ना भएकी थिइन् । त्यस्तैगरी सप्तरीको हनुमान नगर कन्कालिनि–२ का ३५ बर्षीय कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको छ । शुक्रबार उपचारका लागि भर्ना भएका उनको आज बिहान पौने ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!